फिल्म ‘श्री ५ अम्बरे’ मा गायक शिव परियारले आफ्नो स्वर रेकर्ड गराएका छन् । बिहीबार मध्यान्ह जमलस्थित डोरेमी स्टुडियोमा शिवले यो फिल्मको लागि आफ्नो स्वर रेकर्ड गराएका हुन् ।

‘आँखै अघि जल्यो मेरो मनको घर’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत तथा अभिमन्यू निरवीको शब्द छ । निरवी यस फिल्मका लेखक पनि हुन् । दीपा बस्नेत निर्देशित दोश्रो फिल्म ‘श्री ५ अम्बरे’ को यतिबेला धमाधम पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

जीवनसाथी फिल्मस्को प्रस्तुती रहेको ‘श्री ५ अम्बरे’ मा दिपक आचार्य र टिएन आचार्यको संयुक्त लगानी छ । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की लगायतको अभिनय छ । फिल्मलाई निर्माण युनिटले दशैं लगत्तै रिलिज गर्ने योजना बनाएको छ ।

