प्रशान्त तामाङको प्रमुख अभिनय रहेको फिल्म ‘निशानी’ आउँदो भदौ २७ गते अल नेपाल प्रदर्शनमा आउने भएको छ । प्रेसमिट गर्दै यो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरियो ।

सन् १९९९ मा भएको युद्धमा १४ जना गोर्खालीले ज्यान गुमाएका थिए । 'निशानी' कारगिल खालुबारमा युद्धमा विर गोर्खालीले निभाएको भूमिकामा आधारित छ । विनोद सेरेङको लेखन एवं निर्देशन रहेको ‘निशानी’मा प्रशान्तसँगै प्रेम सुब्बा, अनु गुरुङ, विष्णु चेम्जोङ, शिरु विष्ट लगायतको अभिनय छ ।
‘निशानी’ मा प्रेम सुब्बाको लगानी छ । प्रस्तुतकर्ता सुब्बाले विर गोर्खालीलाई चिनाउन फिल्ममा लगानी गरेको बताए । उनले भने, ‘युद्धको कथा लगानी लगाउन जोखिम थियो ।’ उनले सोचे भन्दा फिल्मको बजेट बढ्न गएको बताए ।
फिल्म ‘निशानी’मा युवराज राईको छायाँकन एवं बिबी अनुरागीको संगीत छ । जनक गुरुङ फिल्मका द्धन्द्ध निर्देशक हुन् । फिल्ममा नृत्य निर्देशन गोविन्द राई र शिव शर्माले गरेका छन् ।

