
कस्ट्यूम स्टाइलिस्ट पूनम गौतम अभिनेत्री पूजा शर्माकी दिदी हुन् । यस्तै निर्देशक सुदर्शन थापा पूजाको निकट साथी हुन् । त्यसैले होला यिनै अभिनेत्री पूजाको जन्मदिनको अवसर पारेर फिल्म 'अझै पनि'को औपचारिक घोषणा गरिएको ।

हेटौंडामा रहेको पुरानो फिल्म हल ओम चलचित्र मन्दिरलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याईएपछि हलले मुहार फेरेको छ । दर्शकहरुलाई हलसम्म आउने पारिवारिक वातावरण बनाइने सोचका साथ सेवा सुबिधा थप गरी स्तरिय ढंगबाट दर्शकहरुलाई फिल्म हेर्न सजिलो होस् भनेर हललाई मर्मत सम्भार गरेको संचालक नरेन्द्र महर्जनले बताए ।

बालबालिकाको मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको फिल्म 'ठूलो मान्छे' यहि जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । थ्रीलर सस्पेन्स फिल्म 'आवरण'सँग यो फिल्म भिड्ने छ ।

गत शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म 'नोभेम्बर रेन' धरानमा भने सोही मितिमा प्रदर्शन हुन सकेको थिएन । धरानमै करिब ६० प्रतिशत छायांकन गरिएको फिल्म धराने दर्शकको लागि प्रतिक्षित बनेको थियो ।

नेपाली परिबेश र दैनिक आवश्यकतालाई मध्यनजर गर्दै पैसाको पछाडी दौडने नेपाली राजनैतीक परिवेशलाई 'फन्को'को मेरूदन्ड बनाईएको निर्देशक थापाले बताए । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की, केकी अधिकारीको मुख्य भूमिका रहने छ ।

देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'नाईं नभन्नु ल २'का निर्देशक विकास आचार्यलाई पितृ शोक परेको छ । आचार्यका पिताको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

