अर्पण थापा निर्देशित फिल्म 'मुखौटा' को सिक्वेल निर्माणको घोषणा गरिएको छ । निर्माता रबिन श्रेष्ठले छिट्टै पनि 'मुखौटा २'को निर्माण कार्य शुरू गर्ने बताए ।
दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्म 'मुखौटा'ले व्यवसायिक सफलता पनि पाउन सकेन । फिल्म नचलेपनि निर्माण युनिटले भने सिक्वेल बनाउने जोश देखाएको छ । निर्माता श्रेष्ठका अनुसार फिल्मको अन्त्यमा 'समाप्त' लेखिएको छैन । यसको अर्थ फिल्मको कथा अझै अगाडी बढ्न सक्छ । निर्माता श्रेष्ठ भन्छन्, 'छिट्टै नै हामी 'मुखौटा २' लिएर आउने छौं ।' उनले कलाकार र प्राबिधिक को-को हुने भन्ने बारे अझै तय नभएको बताए ।
राजधानीका माफियाहरूको कथा भन्ने 'मुखौटा'को सिक्वेल पनि यहि कथामा अगाडी बढ्ने बताईएको छ । 'मुखौटा २'लाई अर्पणले नै निर्देशन गर्लान् त ? निर्माता श्रेष्ठ यस बारे अहिले मौन नै छन् ।

