भनिन्छ, प्रेमले वर्ग, पेशा, धर्म अनि उमेर हेर्दैन । यस्तै प्रेममा परेका छन्, ‘पुन्टे परेड’ संयम पुरी । प्लस टु पढ्दै गरेका संयम आफ्नै कलेजकी म्याडमसँग चर्को प्रेममा छन् ।
संयमको यस प्रकारको प्रेम वास्तविक नभएर काल्पनिक हो । फिल्म ‘पुन्टे परेड’ मा अभिनेत्री प्रियंका कार्कीसँग संयमले यस्तो प्रेम लगाएका हुन् । के पुन्टे संयमले म्याडम प्रियंकालाई आफ्नो बनाउलान् त ? उनको सपना पूरा होला ? साउन २ गतेसम्म प्रतिक्षा गर्रौं ।
प्लस टु पढ्ने मनोविज्ञानमा आधारित यस फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका छन् । ‘पुन्टे परेड’ मा संयमसँगै एन्जिला दाहाल, निलु डोल्मा शेर्पाको मुख्य भूमिका छ । प्रियंकाको विशेष रुपमा प्रस्तुत भएकी छिन् । फिल्मलाई हरी महतले निर्माण गरेका हुन् ।

