Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के हो सुष्मा र प्रेमीको लफडा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/20

‘प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा’ भन्ने खबरको अभिनेत्री सुष्मा कार्की र उनका प्रेमी निरनले खण्डन गरेकी छिन् । नघटेको घटनालाई गलत रुपले मिडियामा प्रचार भएपछि यसले आफुलाई दुः खी बनाएको सुष्मा र निरनले फिल्मीखबरलाई बताए ।

 
सुष्माले भनिन्, ‘हामीबिच केही भएको छैन । निरनले मलाई कुट्यो भन्ने समाचार गलत हो ।’ वाइड इभेन्टले आयोजन गरेको देशव्यापी साँस्कृतिक यात्रामा सुष्मा र उनका प्रेमी निरन सहभागी थिए । धरानमा भएको कार्यक्रममा सुष्मा र निरन बिच झगडा भएपछि प्रहरी गुहार्नु पर्यो भन्ने समाचार बाहिरिएको थियो ।
 
यसबारे निरनले भने, ‘सुष्माको खुट्टा मर्किएको थियो । नाच्नुअघि मैले के भयो ? भनेर मात्रै उसलाई सोधेको थिएँ । कुरा यति मात्रै हो ।’ त्यस्तै साँस्कृतिक कार्यक्रमको लागि सिक्किम जाँदै गरेकी सुष्माले थपिन्, ‘खोई किन यसरी समाचार आइरहेको छ ? खुट्टा मर्किएपछि धरानको कार्यक्रममा मलाई नाच्न गाह्रो भएको थियो । निरनले मलाई कुट्यो भन्ने कुरा गलत हो ।’

सुष्मा र निरन मिलेर केही महिना पहिले ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । फाइदाको व्यापार नभएपछि रेष्टुरेन्ट छोडिसकेको सुष्मा र निरनले बताए ।  यी अहिले नयाँ व्यावसाय गर्ने योजनामा छन् ।

 

Most Visited News (monthly)