Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

`नभ्य`ले छोला त मुटु ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/01

फिल्म निर्देशनमा पहिलो पाइला चाल्न लागेका विप्लप आर पोखरेलले 'नभ्य' नामको फिल्म बनाउने भएका छन् । लु:ज: इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो फिल्मले नेपाली समाजको यथार्थ कथालाई पस्कने बताईेको छ ।

 

 

 

मंगलबार काठमाण्डौमा प्रेसमिट गरि यो फिल्म निर्माणको घोषणा गरियो । फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक बन्न लागेका पोखरेलले भने, 'हामीले आफ्नै समाज र परिवारमा देखेको भोगेको कथालाई मन छुने गरी उठाएका छौं । कथा सामान्य भएपनि दर्शकको मन छुने बनाउने छौं ।'

यता निर्माता लु:ज: सिंहले सत्य कथामा निर्माण गर्न लागिएको यो फिल्म आम मानिसको जीवनसँग नजिक रहने बताए । यता अभिनेत्री अशिष्मा नकर्मीले कथा मन परेर काम गर्न राजी भएको बताईन् । 'अहिलेसम्म गरेका फिल्ममा जति काम देखाउन सकें त्यो भन्दा बढि काम यो फिल्ममा देखाउने छु, 'अशिष्माले दाबिका साथ भनिन्, 'यो फिल्ममा मेरो भूमिका साँच्चिकै राम्रो छ ।'

मानविय मनोविज्ञानमा आधारित ‘नभ्य’ मा अशिष्मासहित विकास न्यौपाने, प्रसन्न गोपाली, प्रेक्षा अधिकारी, अभिनभ अर्याल लगायतका कलाकारले अभिनय गर्दैछन् । बिहीबारबाट सुटिङ शुरू हुने बताईएको यो फिल्ममा सुमन कपालीको संगीत रहने छ । फिल्मलाई लु:ज: सिंहले खिच्नेछन् ।
 

Most Visited News (monthly)