मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रपतिले बाँडे राष्ट्रिय पुरस्कार, केहि बिधामा आपत्ति (पुरस्कृतको सूचीसहित)

फिल्मीखबर, काठमाडौं, 2014/06/30
चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारका केहि बिधामा फिल्मकर्मीले आपत्ति जनाएका छन् । राष्ट्रपति निवासमा राष्ट्रपति रामवरण यादवको हातबाट बाँडिएको पुरस्कारप्रति आपत्ति जनाएपछि सरकारी निकायमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
 
 
०६७, ०६८, ०६९ र ०७० सालका फिल्महरूलाई आधार मान्दै बिभिन्न बिधामा पुरस्कार बाँडियो । बाँडफाँड देखिएको उक्त पुरस्कारमा ०६८ सालबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी नीता ढुंगाना सर्वाधिक बिबाद परिन् । 'मसान' फिल्ममा सह-अभिनेत्रीको भूमिका निर्वाह गरेकी नीताले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि निर्णायकको निर्णयमा प्रश्न गरिएको छ । उक्त फिल्ममा मुख्य भूमिकामा केकी अधिकारी थिईन् ।
 
उत्कृष्ट काम गरेकी मुख्य पात्र केकीले अवार्ड नपाएपछि अभिनेत्रीद्धय ऋचा शर्मा र प्रियंका कार्कीले खुलेरै बिरोध गरे । यता फिल्म निर्माण कम्पनीले पनि केकीले पाउनु पर्ने अवार्ड नीताले पाएकोमा गुनासो पोखेको छ । निर्माण कम्पनीका अनुसार फिल्मको मुख्य भूमिकामा केकी छिन् र अभिनय पनि उनकै राम्रो छ । यस्तै अभिनेत्रीद्धय ऋचा र प्रियंकाले पनि केकीले पाउनु पर्ने अवार्ड अरूलाई दिईदा सरकारी निकायले बाँडेको अवार्डको गरिमा नरहेको बताए ।
 
 
 
हरेक बर्ष कुनै निश्चित बिधा नराखिएको उक्त पुरस्कारका जुरी समारोहमा नै उपस्थित नहुँदा 'दाल मे कुछ काला' भएको अनुमान उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीले गरेका थिए । यता जुरी सदस्य मध्ये एक शान्तिप्रियले आफूहरूको कुनै भूमिका नरहेको र कुनै सम्मानको काम नराखिएकोले समारोहमा उपस्थित हुन आवश्यक नठानेर उपस्थित नभएको बताए ।
 
यस्तै उनले आफूहरूले गरेको निर्णय र आएको बिबादका बारेमा अहिले नै केहि नबोल्ने उनले बताए । यता नीता ढुंगानाको निर्णयको बारेमा उनले बोले, 'केकीको भन्दा नीताको अभिनय राम्रो भएकाले यो निर्णय गरिएको हो । हामीले भूमिका सानो र ठूलो हेरेनौं ।'
 
 
 
 
समारोहमा लामो समयदेखि फिल्म सक्रिय रहेका निर्देशक, निर्माता, गीतकार तथा साहित्यकार यादव खरेललाई राष्ट्रपति यादवले 'दीर्घ साधना सम्मान'ले सम्मानित गरे । खरेललाई तीन लाख ५१ हजार १ सय एघार नगद रुपैयाँ सहित सम्मान गरिएको हो ।
 
 
 
हाल अस्वस्थ रहेका बरिष्ठ फिल्मकर्मी नीर शाहको स्वास्थ्यलाभको कामना गर्दै सम्मानित तथा पुरस्कृत फिल्मकर्मीलाई राष्ट्रपति यादवले बधाई दिए । उनले राष्ट्रको मौलिकतालाई ध्यानमा राखेर समाज रूपान्तरण गर्ने खालका फिल्म बनाउन फिल्मकर्मीलाई आग्रह गरे । यस्तै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पनि नीर शाहको स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम सफल फार्न सहयोग पुर्‍याउने सम्पूर्ण फिल्मकर्मीप्रति आभार प्रकट गरे ।
 
 
अवार्ड पाएका फिल्मकर्मी र फिल्मको सूची हेर्नुहोस् र मूल्याङ्कन गर्नुहोस् ।
 
 
राष्ट्रिय चलचित्र पुरस्कार २०६७
 
१. सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल (बाटो मुनिको फूल )
२. सर्वोत्कृष्ट कला निर्देशन  : निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा)  : सुरज सुब्बा (नाल्बो)  (बाटो मुनिको फूल )
४. सर्वोत्कृष्ट छायाँङ्कन : सञ्जय लामा  (बाटो मुनिको फूल )
५. सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (कोही... मेरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : रेखा थापा  (बाटो मुनिको फूल )
७. सर्वोत्कृष्ट निर्देशन : सुरज सुब्बा (नाल्बो)  (बाटो मुनिको फूल )
८. सर्वोत्कृष्ट फिल्म : बाटो मुनिको फूल  (रिदम फिल्मस् प्रा.लि)
  
 
राष्ट्रिय चलचित्र पुरस्कार २०६८
 
१. सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन  : योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा)  : कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायाँङ्कन : विष्णु कल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री : नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन : उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट फिल्म : मसान (नीर सिनेमा प्रा.लि.)
 
 
राष्ट्रिय चलचित्र पुरस्कार २०६९
 
१. सर्वोत्कृष्ट सम्पादन : वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार : नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा)  : देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन : रजिना रिमाल (रिदम - पागल म बन्न सक्छु...)
५. सर्वोत्कृष्ट छायाँङ्कन : पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता : विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री : झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन : दिनेश डिसी (मायाज् बार)
९. सर्वोत्कृष्ट फिल्म : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि.)
१०. साँस्कृतिक फिल्म पुरस्कार : सुम्निमा (एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी)
 
 
 
राष्ट्रिय चलचित्र पुरस्कार २०७०
 
१. सर्वोत्कृष्ट सम्पादन : लोकेश बज्राचार्य (कर्कश )
२. सर्वोत्कृष्ट छायाँङ्कन : गौरिशंकर धुँजु  (शिरीषको फूल )
३. सर्वोत्कृष्ट गीत लेखन : कृष्णहरि बराल (नाई नभन्नु ल २ - मर्ने कसैलाई..... )
४. सर्वोत्कृष्ट सङ्गीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २ - यी आँखामा तिमी छौं....)
५. सर्वोत्कृष्ट लेखन (पटकथा) : विनोद पौडेल (साँघुरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त  (झोला )
७. सर्वोत्कृष्ट अभिनेता : शुशांक मैनाली  (साँघुरो )
८. सर्वोत्कृष्ट निर्देशन : दीपा बस्नेत (अन्तराल )
९. सर्वोत्कृष्ट फिल्म : साँघुरो (समीर मैनाली प्रोडक्शन )
१०. साँस्कृतिक फिल्म पुरस्कार : कुसुम (श्री शेर्पा)
११. सर्वोत्कृष्ट वृत्तचित्र फिल्म सम्पादक : लव प्याकुरेल (निजामती : अण्डर फायर)
१२. विशेष वृत्तचित्र फिल्म : निजामती : अण्डर फायर