Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविन श्रेष्ठ जुटे फिल्म निर्माणमा

फिल्मीखबर, काठमाण्डौ, 2014/07/01

अभिनेता सविन श्रेष्ठले फिल्म निर्माण गर्ने भएका छन् । वर्ष ०७२ सालमा प्रदर्शन गर्ने गरी सविनले फिल्म निर्माणको पूर्व तयारी थालेका हुन् । केही सातामै फिल्मको शिर्षक र निर्देशकको नाम सार्वजनिक गर्ने सविनले बताए ।

शिवम अधिकारीले कठा तयार गरिरहेको सविनको फिल्म एक्सन शैलीको हुनेछ । जहाँ सविन स्वयम् मुख्य पात्रको रुपमा देखा पर्नेछन् । हिरोइनतर्फ भने नयाँ प्रतिभालाई अवसर दिने सोचमा सबिन छन् । संगीत टंक बुढाथोकीको रहनेछ ।

फिल्म निर्माण बारे सविन भने, ‘गाउँदेखि शहर र देशदेखि विदेशसम्मका दर्शकलाई मन पर्ने फिल्म निर्माण गर्छु । सबैको सहयोगको अपेक्षा छ ।’ फिल्मको छायाँकन तिहार पछि प्रारम्भ हुनेछ । फिल्म ‘अन्दाज’ बाट ठूलो पर्दाको अभिनय यात्रा प्रारम्भ गरेका सविनको आधा दर्जन फिल्म प्रदर्शनमा आइसकेका छन् । सविन हाल छविराज प्रोडक्सनको ‘हवल्दार सुन्तली’ को छायाँकनमा व्यस्त छन् ।

Most Visited News (monthly)