
फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रदर्शन मिति दुई साता सारिएको छ । वैशाख २६ मा हल संख्या न्यून हुने भन्दै ‘मेरो वेस्ट फ्रेन्ड’ जेठ ९ मा प्रदर्शन हुने भएको हो । जेठ ९ मा ‘हँसिया’सँग ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रतिस्पर्धा हुनेछ ।

अभिनेत्री रेखा थापाले पूर्व पति छबिराज ओझालाई फेसबुक मार्फत खुल्ला पत्र लेखि कोब्रा सर्प बनेर डस्ने उद्घोष गरेकी छिन् । आफ्नो बारेमा नकारात्मक टिप्पणी गर्दै हिडेको आरोप लगाउँदै रेखाले लेखेकी छिन्, 'सुतिरहेको कोब्रा साँपलाई घरि घरि जिस्काई नराख, डस्ला कुनै दिन।'

वैशाख २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘दमदार’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले ‘दमदार’लाई 'पिजी' प्रमाण पत्र दिएको छ । यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिका अभिभावकको साथमा जानुपर्नेछ ।

गत साता प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ को एक हप्ते ग्रस कलेक्सन सार्वजनिक भएको छ । निर्माता तथा वितरकले ‘नोभेम्वर रेन’को एक हप्ते कलेक्सनलाई अनपेक्षित कलेक्सन भनेका छन् ।

नेपाली फिल्म ‘आमा’ को अभिनेत्री भुवन चन्दले शुक्रबार साप्ताहिक पत्रिकामा आफ्नो जवानीको अनुभव प्रकाशनमा ल्याएकी छिन् । अभिनेत्री चन्दको उक्त अनुभवलाई फिल्मीखबरले दुरुस्तै उतारेको छ ।

अभिनेत्री प्रियंका कार्कीले आफूले सुटिङ गरिसकेको दृश्यमा कहिल्लै आपत्ती जनाउन नगरेको बताएकी छिन् । 'मेरो बेस्ट फ्रेण्ड'मा समावेश बलात्कारको दृश्यबारे आपत्ती जनाएको समाचार आएपछि फिल्मीखबरसँग कुरा गर्दै अभिनेत्री कार्कीले भनिन्, 'मन नपरेको कुरा सुटिङ पूर्व नै इन्कार गर्छु । मिडियामा मेरो बारे जसरी खबर बहिरियो त्यसमा नै मेरो आपत्ती हो ।'

