Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नीर शाहको स्वास्थ्यमा सुधार | खानेकुरा खान थाले

फिल्मीखबर, काठमाण्डौ, 2014/06/30
मुटुमा समस्या आएपछि ४८ घण्टादेखि बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रको सिसियु कक्षमा उपचारार्थ रहेका बरिष्ठ फिल्मकर्मी नीर शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । परिवारले दिएको जानकारी अनुसार शाहले आज दिउँसोदेखि तरल पदार्थ पनि खान थालेका छन् ।
 
नीर शाहकी श्रीमती उषाका अनुसार दिउँसो जुस खान दिईएको थियो । यस्तै साँझ जाउलो खान दिईएको उनले बताइन् । 'स्वास्थमा सुधार आउँदै छ,' उषाले फिल्मीखबर समक्ष भनिन्, 'खानेकुरा खान थाल्नु भएको छ । त्यसैले अब ढुक्क भयौं ।' शाहलाई अझै २४ घण्टा सिसियू कक्षमा नै राखिने बताईन् । डाक्टरले ७२ घण्टा सिसियू कक्षमा राख्न भनेको उनले बताईन् ।
 
आज साँझ नै राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा उपस्थिती जनाएर अभिनेता सौगात मल्ल, अभिनेत्रीद्धय केकी अधिकारी र प्रियंका कार्की, निर्देशक तथा सेन्सर बोर्ड सदस्य सुरेश दर्पण पोखरेल, स्क्रिप्ट राईटर शान बस्न्यात, कलाकार निलु डोल्मा शेर्पाको टोली गंगालाल पुगी शाहको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लियो । त्यसअघि बरिष्ठ कलाकार हरिहर शर्मा पनि गंगालाल पुगेका थिए ।
 
नीर शाहको स्वास्थ्य अवस्था बुझ्न गंगालाल अस्पतालमा फिल्मकर्मीको उपस्थिती बाक्लो हुने गरेको छ । अस्पतालमा राखिएको उपस्थिती पुस्तिकामा सयौं फिल्मकर्मी तथा शाहका शुभचिन्तकले आफ्नो उपस्थिती जनाएको देखिएको छ । शाह एक्कासी बिरामी भएपछि उनका शुभचिन्तकसहित परिवार र फिल्मकर्मी चिन्तित छन् । 'अब डराउनु पर्दैन, ' शाहकी श्रीमती उषाले भनिन् । 
 
फिल्मीखबर डट कम फिल्म क्षेत्रका महारथी शाहको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

Most Visited News (monthly)