अर्को दुःखद खबर । निर्देशक भद्र भुजेललाई पत्नी शोक परेको छ । निर्देशक भुजेलकी ३३ वर्षिय दोस्रो श्रीमती राधाको आईतबार निधन भएको छ । भद्रको पहिलो श्रीमतीको आठ बर्ष अघि किड्नी फेल भएका कारण निधन भएको थियो ।
अकस्मात पेट दुखेपछि राधालाई शनिबार साँझ विर अस्पताल पुर्याइएको थियो । अस्पतालको उपचारपछि सामान्य अवस्थामा आइसकेकी राधाको अप्रत्याशित निधन भएको हो । राधाका ६ बर्षिय छोरी र ४ वर्षका छोरा छन् । निर्देशक भुजेललाई सान्त्वना दिन केही फिल्मकर्मी विर अस्पताल पुगेका छन् ।
स्व. शिव रेग्मी र विकास आचार्यको फिल्ममा सह-निर्देशन गर्दै आएका भद्र भुजेलले ‘मलाई मन पर्यो’ र 'अप्रिल फुल' गरी २ वटा फिल्म निर्देशन गरेका छन् । यो दु:खद घडीमा निर्देशक भुजेललाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गुरुन् ।

