चालकलाई सवारी विस्तारै हाँक्न अनुरोध गर्दै सडकका घुम्ती घुम्तीमा ‘नागबेली’ पोस्टर्स टाँसेको ‘नागबेली’ युनिट शनिबार भने बाग्मती किनारामा सफा गर्दै भेटियो । असार २७ गतेदेखि नेपाल भरका हलबाट प्रदर्शनमा आउने ‘नागबेली’ युनिटले सामाजिक कार्यसँग जोडिर फिल्मको प्रचार प्रसारलाई जोड दिइरहेको छ ।
.jpg)
.jpg)
६० औं श्रृङखलाको बाग्मती सरसफाई अभियानमा फिल्म ‘नागबेली’ युनिटका निर्देशक गोविन्द राई, निर्माता रोमियन लिम्बु, कलाकारहरु यशराज गराच, सम्भव श्रेष्ठ, सम्पादक वनिश शाह लगायतले थापाथलीस्थित बाग्मती पुल किनारा सफा गरे । निर्देशक राईले सरकारका मुख्य सचिव लिलामणी पौडेललाई फिल्मको अडियो सिडी हस्तान्रण गरे । मुख्य सचिव पौडेलले फिल्मको सफलताको लागि शुभकामना दिए ।
वैदेशिक रोजगारमा जान बाध्य नेपाली युवाको कथा रहेको फिल्म ‘नागबेली’मा दयाहाङ राई, हर्षिका श्रेष्ठ, विक्की मल्लको पनि अभिनय छ । फिल्मको कथा समिक्षक दीपेन्द्र लामाले लेखेका हुन् । एक सय बढी नेपाली फिल्मको नृत्य निर्देशन गरेका गोविन्द राईले पहिलो पटक फिल्म ‘नागबेली’ निर्देशन गरेका छन् ।

