निर्माता एवं गोपिकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेल राज्यको कर नबुझाउनेको सूचीमा परेका छन् । आन्तरिक राजस्व कार्यालयलले सार्वजनिक गरेको कर नबुझाउनको सूचीमा उद्धव पौडेलको नाम समावेश छ ।
गोपिकृष्ण मुभिजका सञ्चालक एवं राप्रपा नेपालका केन्द्रिय सदस्य पौडेलले राज्यलाई ३४ लाख ८८ हजार ८ सय ३३ रुपैयाँको कर नबुझाएपछि आन्तरिक राजस्व कार्यालयले उनको नाम सार्वजनिक गरेको हो ।
पौडेललाई गोपिकृष्ण हलमा फिल्मले गरेको व्यापारको हर हिसाब नबुझाएको भन्ने आरोप समेत निर्माता तथा वितरकले लगाउँदै आएका छन् ।

