Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेचिएकी नेपाली बालिकाको कथामा हलिउड मेकिङ (प्रोमो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/07/08
केहि बर्ष अगाडीसम्म भारतमा नेपाली युवतीहरू बेचिएको खबर छ्याप्छ्याप्ती सुन्न पाईन्ह्यो । उक्त कथामा नेपाली फिल्म पनि छ्याप्छ्याप्ती बन्ने गरेका छन् । भारतमा बेचिएकी नेपाली युवतीहरूको कथामा बनेका फिल्मले भने दर्शकको ध्यान खासै तन्न सकेको पाईएको छैन । 
 
अभिनेता श्रीकृष्ण श्रेष्ठले नेपाली युवती भारतमा लगेर बेचिएको कथामा 'कोहिनूर' बनाएका छन् । यो फिल्म यहि साउन २३ गते रिलिज हुँदैछ । श्रीले बनाएको यो फिल्मले समाजलाई कत्तिको प्रभाव पार्छ त्यो रिलिज पश्चात थाहा नै हुनेछ ।
 
श्रीले मात्र हैन यहि बिषयमा हलिउड फिल्म मेकरले पनि फिल्म बनाएका छन् । नेपाली भूमी, नेपाली कलाकार र नेपाली कथामा बनेको 'सोल्ड' नामक हलिउड फिल्मले १३ बर्षमै भारतमा बेचिएकी नेपाली किशोरीको कथा पेश गरेको छ । जसको ट्रेलर सार्वजनिक समेत भएको छ ।
 
 
जेफ्री डि ब्राउनले निर्देशन गरेको यो फिल्ममा नेपाली कलाकारको तर्फबाट मह जोडीले अभिनय गरेका छन् । यस्तै फिल्ममा हलिउड र बलिउडका कलाकार मूख्य भूमिकामा छन् ।
 
 
ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्   http://www.soldthemovie.com/media
 
Most Visited News (monthly)