Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातलाई केको भ्याइनभ्याइ ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/08
अभिनेता सौगात मल्लको यतिबेला कुनै पनि फिल्मको सुटिङ परेको छैन । दशैं अगाडी सौगात एउटा फिल्मको छायाँकन गर्ने सुरमा छन् । तरपनि सौगात फुर्सदमा भने छैनन् । सौगात केमा व्यस्त छन् त ? 
 
‘हाकु काले’ केही सातादेखि दौडधुपमा छन् । फिल्म ‘फन्को’को सुटिङ सकिए लगत्तै सौगात फिल्म ‘उत्सव’को स्वराङ्कनमा व्यस्त भए । उनको यो व्यस्तता अझै एक सातासम्म चल्नेछ । 
 
कुमार भट्टराईको डेव्यु निर्देशन रहेको फिल्म ‘उत्सव’मा सौगातले सांगीतिक व्याण्डको एक सदस्यको भूमिका निभाएका छन् । शेखर कोइराला निर्मित फिल्म ‘उत्सव’मा सौगातसँगै गौरव पहारी, संजोग कोइराला, प्रकृति श्रेष्ठ र मेनुका प्रधानको अभिनय छ ।
 
फिल्म ‘उत्सव’ को स्वाराङ्कन सकेलगत्तै अभिनेता मल्ल अर्को फिल्म ‘श्री ५ अम्बरे’ को स्वारङ्कनमा व्यस्त हुनेछन् । दीपा बस्नेत निर्देशित यो फिल्ममा सौगातको शिर्ष भूमिका छ । फिल्ममा सौगातसँगै केकी अधिकारी, प्रियंका कार्की लगायतको अभिनय छ ।
Most Visited News (monthly)