डिआइडी लिटिल मास्टर्स’ विजेता नेपाली चेली तेरिया मगर अभिनेता जीवन लुईंटेलको हातबाट सम्मानित भएकी छिन् । झापाको सुरुङ्गामा आयोजना गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका जीवनले तेरियालाई सम्मान गरेका हुन् ।

स्थानिय जेशिसले आयोजना गरेको कार्यक्रममा जीवनले तेरियालाई खदा ओडाएर सम्मान गरेका हुन् । तेरियालाई सम्मान गर्दै जीवनले तेरियाले नेपालको आम राखेकोमा गर्व गरे । उनले तेरियाको प्रतिभा देखेर आफू निक्कै प्रभावित भएको समेत बताए ।

वाह ! तेरिया वाह !
क्या छ तिम्रो मान
जताततै शान जताततै सम्मान
हेर,
तिम्रो आगमनले यहाँ धर्ती पनि मुस्कुराउँछ
हेर्दा तिम्रो नजरले पवन पनि लजाउँछ
तिम्रो कृति यसरी नै आकाश जस्तै फैलिरहोस्
तिम्रो सपना तिम्रो विपना सगरमाथा जस्तै चुलियोस् ।
जीवनले तेरियाको सम्मानमा प्रस्तुत कविता समेत भनेका थिए । जीवनले कविता भनिरहँदा उपस्थित दर्शकमाझ तालीको पर्रा छुटेको थियो भने तेरिया आफू बसेको सिटबाट उठेर ताली बजाएकी थिईन् । कविता सकेर जीवनले 'आइ लभ यू तेरिया' भन्दा तेरियाले जीवनलाई 'फ्लाईङ किस' दिएकी थिईन् ।

तेरियाले पनि नेपालको नाम राख्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालीहरूले दिएको मायाप्रति आफू सधैं आभारी हुने बताईन् । उनले आगामी दिनमा पनि नेपालको नाम र इज्जत राख्ने काम गर्ने बताईन् ।

