Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई अभिनेत्रीको सुटुक्क बिहे

फिल्मीखबर, काठमाण्डौ, 2014/07/11
अभिनेत्रीद्धय स्वेता भट्टराई र प्रकृति श्रेष्ठको बिहे भएको छ । स्वेताले व्यवसायी मिलन सापकोटासँग र प्रकृतिले अष्ट्रेलियाकामा बस्दै आएका सुदीप न्यौपानेसँग प्रेम बिबाह गरेका हुन् ।
 
Milan Sapkota and Sweta Bhattarai
 
Prakriti Shrestha and Sudeep Naupane
 
अभिनेत्री भट्टराईले केहि साता अगाडी मिलनसँग बिहे गरेकी हुन् । यी दुईले फेसबुकमा आफ्ना घुमफिरका तस्विरहरू राखेपनि बिहेको फोटो भने राखेका छैनन् । यस्तै बिबाह बन्धनमा बाँधिएका नव जोडी प्रकृति र सुदीपले पनि बिबाहलाई गोप्य राख्दै कुनै तस्विर सार्वजनिक गरेका छैनन् ।
 
अभिनेत्री स्वेता लामो समयदेखि फिल्मबाट टाढा छिन् । हाल उनी कुनैपनि फिल्मको सुटिङमा व्यस्त नभएको बुझिएको छ । यता प्रकृति भने फिल्मसँगै भिडियोमा व्यस्त छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म 'उत्सव' यहि भाद्र १३ गते रिलिज हुँदैछ । बिहे पश्चात प्रकृतिले फिल्मलाई निरन्तरता दिन्छिन् त ? केहि समय पश्चात यसको उत्तर पक्कै पाईने छ ।
 
 
Most Visited News (monthly)