
फिल्म क्षेत्रबाट विस्तारै विस्थापित हुन लागेकी अभिनेत्री ऋचा सिंह ठकुरीका दुई साता लगालग हलमा फिल्म प्रदर्शन भए । ‘माया गर ल’ र ‘खुड्किलो’ ऋचाका लगालग प्रदर्शन भएका फिल्म हुन् ।

घोषणा अनुरुप निर्देशक सबिर श्रेष्ठले फिल्म ‘रेड वाइन’को निर्माण नगर्ने भएका छन् । यस फिल्ममा अब सविरको निर्देशन मात्रै रहनेछ । ‘रेड वाइन’ निर्माणको जिम्मा महेश बाबु तिमल्सिनाले लिएका छन् ।

प्रशन्न पौडेल निर्देशित फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ आउँदो शुक्रबार जेठ ९ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । फिल्मका मुख्य दुई हिरोइन प्रियंका कार्की र केकी अधिकारी भने यतिबेला 'फन्को' फिल्मको छायाँकनमा व्यस्त छन् ।

शनिबार सम्पन्न तेश्रो बक्स अफिस अवार्डमा सहभागी सेलिब्रेटी, पहिरन र सौन्दर्यको चर्चा चलिरहेको छ । अरु इभेन्ट्समा जस्तै उक्त अवार्डमा पनि अभिनेत्री करिश्मा मानन्धर पोशाक र सौन्दर्यका कारण सबैको आँखामा परिन् ।

जेठ ९ गते रिलिज हुन लागेको फिल्म 'हँसिया'ले अहिले फिल्मी बजार तताईरहेको छ । अभिनेता राजेश हमालले फिल्मको बारेमा खुलेर तारिफ गर्नु, हेमाको एक्सन प्रोमोले प्रतिक्षित बनाउनु तथा लण्डन प्रिमियरबाट सकारात्मक प्रतिक्रिया आउनुले पनि यो फिल्मको उचाई बढ्दो छ ।

अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘आवरण’ ले सुरुवाती व्यापार सोचे भन्दा निकै कम गरेको छ । निर्देशक सुवास कोइरालाले समेत फिल्मको सुरुवाती व्यापार न्यून रहेको बताए । तर, हेर्ने जति दर्शकले फिल्मलाई राम्रो भनिदिएकोमा निर्देशक कोइरालाले खुसी व्यक्त गरे ।

