अभिनेता श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का हनिमुन मनाउन भारतको हिमाञ्चल प्रदेश स्थित सिम्ला पुगेका छन् । साथीहरुको आग्रहमा श्रीले आफ्नो हनिमुन मनाउने योजनामा सिम्लाका लागि तय गरेको बताईएको छ ।
श्रावण २३ देखि 'कोहिनूर' फिल्म रिलिज हुने भएका कारण श्रीको हनिमुन भ्रमण तीन दिनको मात्र हुने छ । सुख्खा खोकीको समस्याले ग्रसित श्रीले सन्तात उत्पादनको योजनालाई भने तत्कालकेहि नसोचेको बताए । दुई बर्षसम्म सन्तानको बारेमा केहि नसोचेको श्रीको भनाई छ ।
गत २३ गते अभिनेत्री स्वेतालाई रियल लाईफको हिरोइन बनाएका श्रीले हनिमुन छोटो हुनुको कारण खोल्दै भन्छन्, 'अहिले फिल्म रिलिजको चटारो छ । त्यसैले घुम्ने काम बिस्तरै गर्छौं ।' उनले नेपालमा फिल्म रिलिज सकिए लगत्तै वर्ल्ड टुरमा निस्कने बताए।

