Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमाघरलाई `नागबेली`को ३७ हजार सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/07/12

असहाय बृद्धा र अनाथ बालबालिकाहरूलाई आश्रय दिंदै आएको 'आमाघर'लाई शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नागबेली'ले आर्थिक सहयोग गरेको छ । आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठलाई फिल्म निर्माण युनिटले आर्थिक सहयोग स्वरूप रू ३७ हजार हस्तान्तरण गर्‍यो ।

 

निर्माता रोमियन लिम्बुले असहाय बृद्धा र अनाथ बालबालिकाहरूलाई आफ्नो तर्फबाट सानो सहयोग भएपनि गर्न पाएकोमा खुसी व्यक्त गरिन् । यता आमाघरकी दिलशोभाले फिल्मको सफलताको कामन गर्दै यो सहयोगले आमाघरलाई ठूलो राहत मिलेको बताईन् । 

 

गोविन्द राईको पहिलो निर्देशकिय फिल्म 'नागबेली'मानीर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गरच, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेठ, अशोक फुयाँल, रुपा राना, लुनिभा तुलाधर लगायतको अभिनय छ । 'नागबेली' असार २७ गतेबाट अल नेपाल प्रदर्शनमा आएको छ । फिल्मलाई समिक्षक दीपेन्द्र लामाले लेखेका हुन् ।
 

Most Visited News (monthly)