Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा गजित र अनुको `धौली`

रेम बिक, पोखरा, 2014/07/12
नेपाली फिल्म ‘धौली’को शनिबारदेखि पोखरामा छायाँकन शुरु भएको छ । शनिबार विहान शुभमुर्हत गरि फिल्मको छायाँकन शुरुवात भएको हो । शुभमुर्हतमा अभिनेता गजित विष्ट र अभिनेत्री अनु शाहले सट दिएका थिए । 
 
 
पोखराका पुराना फिल्मकर्मी विनोद शेरचनले नरिवल फोडेर शुरुवात गरेको कार्यक्रममा हलसंचालक उत्तम द्वाले क्ल्याप हानेका थिए । स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । ‘एउटा राम्रो स्टोरीलाई हामीले पर्दामा उतार्न लागेका हौँ,’ निर्देशन लामिछानेले भने–‘कथात्मक शैली र मेकिङमा पनि केहि नयाँपन ल्याउने हाम्रो कोशिस रहनेछ ।’
 
‘धौली’ नेपाली समाजकै कथा भएको निर्देशक लामिछानेले प्रस्ट्याए । ‘धौली' भनेको फिल्मको एउटा चरित्र हो जुन हाम्रै समाजसंग सम्बन्धित छ,’ उनले भने–‘जुन पात्रलाई दर्शकले आफुसँग दाँज्नेछन् ।’ फिल्मले पात्रहरुमार्फत समाजमा हुने गरेको वर्ग संघर्षको कथालाई पस्किने उनले बताए ।  
 
फिल्ममा गजित र अनुसंगै गीता अधिकारी, प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार लगाएतका कलाकारहरुको अभिनय रहनेछ । शम्भु थापा प्रस्तुतकर्ता रहेको फिल्मको एक महिनामा छायाँकन सकिने जानकारी दिईयो । ५० लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको फिल्ममा सन्तोष आत्रेय र अर्जुन गोदारले लगानी गरेका छन् । दिव्य सुवेदी छायाँकार हुन् भने संगीत बसन्त सापकोटाले दिएका छन् । 
 
Most Visited News (monthly)