फिल्म ‘काफल पाक्यो’को छायाँकन सुरु भएको छ । गत साता मलेखुबाट यो फिल्मको छायाँकन सुरु भएको हो । सावित्री खत्रीको निर्माण एवं निर्देशन रहेको फिल्म ‘काफल पाक्यो’ मा अभिनेता जीन लुइँटेल र बर्षा सिंह राउतले अभिनय गर्दैछन् ।
ब्राम्हण युवकसँग एक विन्दास युवतीको प्रेम कथालाई प्रस्तुत गर्न खोजिएको फिल्म ‘काफल पाक्यो’ मा जीवन र बर्षाले उक्त युवा र युवतीको भूमिका निभाउँदै छन् । फिल्ममा अभिनेता भुवन केसीको विशेष भूमिका रहने बताईएको छ । निरक पौडेलले निर्देशन गर्ने भनिएको फिल्म ‘ब्ल्याक एण्ड ह्वाइट’लाई रद्द गरेर निर्मात्री सावित्री आफैं ‘काफल पाक्यो’ निर्माण एवं निर्देशनमा जुटेकी हुन् ।
फिल्म ‘काफल पाक्यो’लाई मलेखु सहित मुग्लिन, दमौली, पोखरा, गुल्मी लगायतका स्थलमा छायाँकन गरिनेछ । दुई साता मोफसलको सुटिङ पछि यो फिल्म काठमाण्डौं फर्कनेछ । चालिस दिन छायाँकन तालिका रहेको फिल्म ‘काफल पाक्यो’ लाई दिपक बज्रचार्यले खिच्दैछन् ।

