Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होलीमा `अझै पनि`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/12
निर्देशक सुदर्शन थापा हिरो भएको फिल्म 'अझै पनि'ले प्रदर्शन मिति तोकेको छ । आलोक नेम्वाङ निर्देशित यो फिल्म फागुन १५ गते अल नेपाल प्रदर्शन हुनेछ । होली लक्षित यो फिल्म वितरणको जिम्मा एफडी कम्पनीले लिएको छ ।
 
'कोही मेरो' पछि फिल्म निर्देशनमा फर्किएका आलोक नेम्वाङले 'अझै पनि' पूर्ण प्रेम कथाको फिल्म रहेको बताएका छन् । 'अझै पनि'मा सुदर्शनसँगै पूजा शर्मा मुख्य भूमिकामा छिन् । साथमा सुरक्षा पन्त, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुङ्गाना, विपना धिमाल, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक लगायतको अभिनय छ ।
 
'मेरो एउटा साथी छ' जस्तो फिल्म निर्देशन गरेर नेपाली रजपटमा निर्देशकको रुपमा डेव्यु गरेका सुदर्शन आफैं हिरो भएको फिल्म 'अझै पनि' चाहिं कस्तो होला ? फागुनको दोश्रो सातासम्म प्रतिक्षा गर्रौ ।
Most Visited News (monthly)