Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`नागबेली`बाट को-को भए सफल ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/13
असार २७ गते शुक्रबार सोलो रिलिजको अवसर पाएको फिल्म ‘नागबेली’ ले औषत व्यापार गरेको छ । राजधानीका केही हलमा शनिबार यो फिल्म हेर्न दर्शकको संख्या हाउसफुल रहेको रिपोर्ट छ । शुक्रबार बर्षाले बिहानी शो केही प्रभावित बन्न्यो ।
 
विभिन्न क्षेत्रमा आफ्नो भविष्य उज्जवल देख्ने वर्तमान युवापुस्ताको कथालाई पर्दामा उतारिएको फिल्म ‘नागबेली’सँग धेरैको भविष्य जोडिएको थियो । ‘नागबेली’ प्रदर्शनसँगै यी व्यक्तिहरुले आफू सफल भएको दाबी गरेका छन् ।
 
एक सय बढी फिल्ममा नृत्य निर्देशन गरेका गोविन्द राईले भने, ‘फिल्म हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । नेपालीपनको फिल्म भनेका छन् । त्यसैले म आफ्नो कार्यमा सफल भएको ठान्छु ।’ निर्देशक राईले फिल्म निर्देशनलाई निरञ्तरता दिने समेत बताए । उनले भने, ‘राम्रो ब्यानरको फिल्ममा नृत्य निर्देशन गर्न छोड्दिन । वर्षको एउटा फिल्म निर्देशन गर्छु ।’ 
 
त्यस्तै पहिलो पटक फिल्म निर्माणमा हात बढाएकी रोमियन चेम्जोङ लिम्बुले पनि फिल्मको व्यापारबाट आफु सन्तुष्ट रहेको बताइन् । परिवार सहित युकेमा बस्दै आएकी निर्मात्री लिम्बुले भनिन्, ‘देश विदेशबाट फिल्मको लगानी उठाउँछु ।’ आगामी दिनमा फिल्म निर्माण गर्न सक्ने सम्भावनालाई रोमियनले कायमै राखिन् ।
 
 
फिल्म समिक्षा गर्दै फिल्मको कथा लेखनको यात्रा तय गरेका दीपेन्द्र लामा पनि ‘नागबेली’लाई दर्शक तथा आफ्ना समकालिन साथीहरुले दिएको प्रतिक्रियाबाट मख्ख छन् । लेखक लामा भन्छन्, ‘फिल्मप्रति प्रतिक्रिया मिश्रित आएको छ । धेरैको प्रतिक्रिया फिल्म राम्रो रहेको भन्ने छ । अझै राम्रो गर्न केही सुझावहरु पनि दिएका छन् ।’ 
 
फिल्म ‘नागबेली’बाट सम्भव श्रेष्ठ नव कलाकारको रुपमा फिल्म क्षेत्रमा भित्रिएका छन् । उनले आफ्नो भूमिकालाई न्याय गरेको प्रतिक्रिया छ । फिल्म ‘नागबेली’ मा नव कलाकार श्रेष्ठ सहित निर शाह, दयाहाङ राई, यशराज गरच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरवी जैन विष्ट, अशोक फुयाँल लगायतको अभिनय छ ।
 
Most Visited News (monthly)