अभिनेता आर्यन सिग्देललाई फेरि अर्को एक एक्सन फिल्ममा देख्न पाईने भएको छ । बसन्त निरौलाले निर्देशन गर्न लागेको फिल्म 'आवेग'मा आर्यन मुख्य भूमिकामा काम गर्दैछन् ।

आर्यनको अपोजिटमा आइटम गर्ल अर्चना देलाल हुनेछिन् । साउन १५ गतेबाट छायांकनमा जान लागेको यो फिल्मको आज भैंसेपाटीमा रहेको कार्यविनायक मन्दिरमा पूजा गरिएको छ ।
यमन म्यूजिक र बिएन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको 'आवेग'मा पवित्रा आचार्य, ध्रुब दत्त, रमेश वुढाथोकीको पनि अभिनय रहनेछ । यसअघि 'मेरो जीवन साथी' निर्माण गरेका सूर्य कार्कीले फिल्ममा लगानी गर्दैछन् । धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी रहने यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

