
एक समय नेपाली फिल्म बजारमा राम्रै संख्यामा हिट फिल्म दिएकी अभिनेत्री अरुणिमा लम्साल गत शुक्रबार फिल्म ‘पीपल’ मार्फत पुनः दर्शकमाझ झुल्किइन् । तर उनको पुनरागमन बह्ने सुखद हुन सकेन ।

'स्पार्क' अर्थात् ‘झिल्को’ फिल्मको निर्माण घोषणा गरिएको छ । जनक पाण्डेको निर्देशन एवं शान्ति पोखरेलको लगानीमा ‘स्पार्क’ फिल्म निर्माण हुने भएको हो । बिहिबार एक औपचारिक कार्यक्रमका बिच यस फिल्मको शुभ साईत गरियो ।

मलाई फूलै फूलले सिङ्गारिएको गाडीमा आर (राजेश) प्लस एम (मधु) लेखेर लावलस्कर जन्ती लिएर जानु छैन । १४ गतेको भोजमा चाहिं सबैको जमघट त भैहाल्छ । जन्तीमा मेरो रगतको नाता मात्रै हुन्छन् होला । भोजमा ३ सय बढीको सहभागिता नाघ्ने हामीले अनुमान गरेका छौं । म एकदमै कम स्तरको बिहे गर्दैछु । धार्मिक परम्परा नै मेरो बिहेको महत्वपूर्ण पाटो हो ।

अभिनेत्री हर्षिका श्रेष्ठले फिल्म खेले वापत पाउन पर्ने आफ्नो पारिश्रमिक रकम नपाएको गुनासो पोखेकी छिन् । शुक्रबार साप्ताहिकसँगको अन्तरंग कुराकानीमा हर्षिकाले यस्तो गुनासो पोखेकी हुन् ।

नेपाली फिल्म ‘साँघुरो’ले बेलायतको प्रसिद्ध टेलिभिजन ‘च्यानल ४’ मा प्रसारणको अवसर पाएको छ । उक्त विश्व प्रसिद्ध टेलिभिजन च्यानलबाट मे २२ मा ‘साँघुरो’ फिल्म प्रसारण भयो । कुनै पनि नेपाली फिल्म विश्व प्रसिद्ध टेलिभिजन च्यानलबाट प्रसारण भएको यो नै पहिलो पटक हो ।

जेठ ३० गते रिलिज हुन लागेको 'मुखौटा' फिल्मको टिमले प्रमोशनको लागि विभिन्न सामाजिक तथा मनोरञ्जन कार्यक्रममा सहभागिता जनाई राखेको छ । गत शनिबार मात्र तीन कार्यक्रममा सुनिल थापा, अर्पण थापा लगायत निर्माता रबिन श्रेष्ठले सहभागिता जनाएका थिए ।

