Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ध्रुम्रपान नछुने नीर शाहको प्रण

फिल्मीखबर, काठमाण्डौ, 2014/07/14
उपचारमा डक्टर अरुण मास्केको टोलीले सफलता पाएपछि नीर शाहले आफ्नो पुर्नजन्म भएको  बताएका थिए  । पुर्नजन्मसंगै उनले ध्रुम्रपानलाई आउदो दिनमा कहिले नछुने प्रण समेत गरेका छन् । 
 
हाल बिना नुनको खानाका साथ नीर शाहले स्वास्थ्य लाभ गरिरहेका छन् । केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका शाहले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभ चिन्तकहरुलाई हृदय देखिनै धन्यवाद दिएका छन् । कलाकार संघका अध्यक्ष नवल खड्का र कलाकार कृष्ण मल्लका माझ शाहले आफ्नो हृदयघातको बारे बोलेका छन् ।
 
 
'हस्पिटल पुग्न पच्चिस मिनेट मात्र ढिला भएको भए म मर्ने थिएँ,' शाहले भने, 'शनिबार तेश्रो पटक हार्ट अट्याक भएपछि अस्पताल जान बाध्य भएको हुँ ।' शाहले बिहीबार बेलुकी नै एक पटक हार्ट अट्याक भएको र त्यसपछि रामदेवको योगा गरेर केही निको भएको बताए । शुक्रबार पुन: हार्ट अट्याक भएको बताउँदै त्यो दिन आफूले अरु नै उपाय अपनाएर हेलचेक्राई गरेको बताए ।
 
'शनिबार बिहान ११ बजे पछि चाहि छातिमा फलाम छिरे जस्तो भयो । उषा (श्रीमती)लाई सम्हालेर मुल ढोका सम्म लैजान निकै हम्मे पर्यो । त्यस पछि अचानक गोविन्द तिमिल्सना (शाहका सहयोगी) त्यहि बेला आएको रहेछ । उसले ट्याक्सी लिएर आयो,' शाहले भने, 'सायद शनिबार भएकाले बाटो खुल्ला हुँदा म बेलैमा हस्पिटल पुगें । पुग्ने वित्तिकै ह्वील चियरमा बस्दा बस्दै मैले आफैले अक्सिन मार्कस मागें । त्यसपछि म बेहोस भएँ । तीन दिनपछि मात्र म होसमा आँेछु ।' 
 
'अहिले साँझ पख कम्पाउन्डमा हावा खान निस्कन्छु । त्यो बाहेक १ महिना पूर्ण रेष्ट भनेका छन् मलाई,' लामो सास तान्दै शाहले भने । ३० को दशकदेखि चुरोट पिउने बानी परेका शाहले 'सेतो बाघ' निर्माण ताका सवै भन्दा चुरोट सेवन गरेका रहेछन् । 'तीन वटा फिल्म बनाईसक्ने समय यो 'सेतो बाघ'मा गयो । सायद त्यहि भएर पनि यो पटक मैले धेरै नै पिएँ, चुरोट । जुन मेरा लागि बिष बन्यो,' अब चुरोट पूर्न रूपमा छोड्ने बताउँदै शाहले बह्ने, 'मुटुमा कतैबाट सानो चस्को मात्र पर्दा पनि अस्पताल गएर जाँच्नु पर्ने सुझाव पनि दिएका छन् । हार्ट अट्याक शत्रुलाई पनि नहोस् । यसको पीडा भोग्न निकै कठिन हुँदो रहेछ ।'
 
६० बर्ष उमेर पुगिसकेका शाहलाई डक्टरले नुन विनाको लन्च र डिनर मात्र गर्न दिएको छ । 'अरु ब्रेकफाष्ट त खाईरहेको छु तर लन्च र डिनर चाहि हेर्न मन लाग्दैन । नुन विनाको स्वाद के होला र ?', शाहले सुनाए । साँझ पख आफ्नै घरको बगैंचामा घुम्ने शाहलाई रेगुलर चेकअपका लागि हस्पिटल जान बाहेक अन्त कहि जान नपाईने गरी डक्टरले एक महिने होम रेष्ट तोकेका छन् । 
 
Most Visited News (monthly)