Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17761 - 17766 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-21, बुधवार

गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भर्सटायल गायक राजेश पायल राईले आफ्नो क्यारिकेचर क्षमता फिल्म 'हँसिया'को प्रोमोसनमा देखाएका छन् ।

विजयरत्न तुलाधर, काठमाण्डौ, 2014-05-21, बुधवार

नेपालमा २००६ साल मंसिर २७ गतेदेखि सर्व साधारणले पनि चलचित्र हेर्न पाउने गरी काठमाडौं सिनेमा घर (पछि जनसेवा नामाकरण गरिएको) खुल्ला गरिएपछि त्यहाँ देखाइने चलचित्रबारे सबैले जानकारी पाऊन् भन्ने उद्देश्यले प्रचारको खाँचो महसुस गरियो । त्यसका लागि सिनेमा भवनको परिसर (कम्पाउण्ड) मा बसेर आकर्षक ढङ्गमा प्रर्दशनरत चलचित्रको कथा सुनाइरहने मान्छे नियुक्त गरियो र त्यो नै नेपालमा चलचित्रको प्रचार तर्फको पहिलो प्रयास हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-21, बुधवार

१५ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा पारेर नेपाल चलचित्र पत्रकार संघले चलचित्र पत्रकार विदुर गिरीलाई सम्मान एवं अर्का पत्रकारद्धय कृष्ण भट्टराई र राज श्रेष्ठलाई चलचित्र पुरस्कार प्रदान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-21, बुधवार

शिव रेग्मी स्मृति प्रतिष्ठानमा एक लाख रुपैयाँ संकलन भएको छ । सर्पोटिङ चेपाङ चिल्ड्रेन इन नेपालले अष्ट्रेलियावासी नेपालीद्धारा संकलित रकम शिव रेग्मी स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । प्रतिष्ठानमा यसअघि केही हजार रकम थियो ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-05-21, बुधवार

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनूर’को पहिलो झलक (पोस्टर) सार्वजनिक भएको छ । पोस्टरमा श्री र  स्वेता पहाडका टुप्पोमा एक अर्काको ढाडमा अढेस लगाएर बसेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-20, मंगलवार

अभिनेताद्धय आर्यन सिग्देल र गजित बिष्ट आर्मी बनेका छन् । सामाजिक संजाल फेसबुकबाट आर्यन र गजितले आर्मीको गेटअप सार्वजनिक गरे ।

Results : 17761 - 17766 of 24017