Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.88/5.00)
Text size:-
+
-

हिट बन्ला लाउरेको `ताण्डव` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/15

बेलायती नागरिक मुर्रे केर निर्देशित फिल्म ‘ताण्डव’ पनि यतिबेला चर्चामा छ । युट्यूवका हिट र्यापर आशिष राना ‘लाउरे’ फिल्म ‘ताण्डव’का मुख्य पात्र हुन् । लाउरेकै कारण ‘ताण्डव’ ले यतिबेला चर्चा पाइरहेको छ ।

लाउरेको फिल्म कस्तो होला ? युवा जमातमा चासो छ । ‘ताण्डव’मा एक्सन अभिनेता बनेका लाउरे अभिनेत्री नम्रता श्रेष्ठसँग रोमान्स गर्छन् । फिल्ममा लाउरे र नम्रताको जोडीलाई देख्न सकिन्छ । यी दुईसँगै ‘ताण्डव’मा अनुप बराल, विपिन कार्की, एलिन गुरुङ लगायतको अभिनय छ । भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने लाउरे र नम्रताको ‘ताण्डव’ले मच्याउला ताण्डव ? फिल्म बजार यतिबेला यही प्रश्नसँग छ ।

 

‘बधशाला’ पछि स्म्यासिङ एप्पलले ‘ताण्डव’ फिल्म निर्माण गरेका हो । ‘बधशाला’ मा द्धन्द्धकालको विद्रोही पक्ष र नेपाली सेनाको विषयलाई उठाएका निर्माता मोहन डोटेलले ‘ताण्डव’ मा भने तराई भेगमा हुने अवैध हतियारको प्रयोगलाई छानेका छन् । निर्माता डोटेलले ‘ताण्डव’ लाई कर्मशियल फिल्म भनेका छन् ।

Most Visited News (monthly)