Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुस्कलले बाँचे गजित र अनु

फिल्मीखबर, काठमाण्डौ, 2014/07/14
गएको शनिबार पोखराको फेवातालमा आएको छालबाट फिल्म ‘धौली’ टिमका सदस्य मुस्किलले बाँचेका छन् । ‘धौली’ का अभिनेता गजित विष्टले फेवातालमा आएको छालले आफुलाई मृत्युको मुखमा पुगेर फर्किएको अनुभव भएको बताए ।
 
फिल्म ‘धौली’को छायाँकन फेवाताल किनारामा चल्दै गर्दा एक्कासी छाल आएको थियो । सुटिङ युनिट सहित त्यहाँ रहेका अन्य मानिसहरुलाई ज्यान जोगाउन मुस्किल भयो । गजितसँगै फिल्मको दृश्य दिइरहेकी अभिनेत्री अनु शाह छाल आउँदा निकै आत्तिएकी थिइन् । उनीहरु ढुङ्गामा सवारी थिए ।
 
छाल आएपछि फिल्म ‘धौली’ युनिट सहित अन्य प्रभावित व्यक्तिलाई उद्धार गरेर सुरक्षित स्थल तर्फ लगिएको थियो । छालमा पर्दा अभिनेत्री अनु शाह चिच्याएरै रोएकी थिइन् ।
Most Visited News (monthly)