Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिलिप र नन्दिताको `लोग्ने मान्छे`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/17

‘लोग्ने मान्छे’ निर्माण हुने भएको छ । ‘लोग्ने मान्छे’मा अभिनेता दिलिप रायमाझी र अभिनेत्री नन्दिता केसीको जोडी जम्नेछ । यो फिल्मलाई लय संग्रौलाले निर्देशन गर्नेछन् ।

साथीहरुसँग मिलेर लगानी समेत आफैं लगाउन लागेका निर्देशक संग्रौलाले ‘लोग्ने मान्छे’ सामाजिक विषयवस्तुमाथि आधारित हुने बताए । उनले भने, ‘दिलिप र नन्दिता खेल्ने पक्का भैइसक्यो । अर्की नायिकाको खोजी भैरहेको छ ।’ फिल्मको छायाँकन आउँदो साउनको अन्तिमबाट सुरु गर्ने निर्देशक संग्रौलाको योजना छ ।

‘लोग्ने मान्छे’को अन्य प्राविधिक तथा कलाकार फाइनल भैसकेको छैन । दिलिप र नन्दिताले यसअघि पनि केही फिल्ममा सँगै अभिनय गरेका छन् । एक सयमका हिट चकलेटी हिरो दिलिप र सुन्दरी हिरोइन नन्दिताबिच जोडी भने जम्न सकेको छैन । ‘लोग्ने मान्छे’ले यी दुईको जोडी जमाउला त ?

Most Visited News (monthly)