Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

परम्परा बिरोधी नम्रता | केकी बिधि पुर्याउने

फिल्मीखबर, काठमाण्डौ, 2014/07/17

सोमबारे ब्रत, हरियो चुरा, मेहन्दी अनि हिन्दु नारी । साउने ब्रत, हरियो चुरा र मेहन्दीको चलन शहरमा फेसनकै रुपमा फैलिएको छ । साउने ब्रतको विषयमा हामीले केही अभिनेत्रीहरुसँग कुरा गरेका छौं ।

पहिलो फिल्म ‘लज्जा’ रिलिल नहुँदै छविराज प्रोडक्सनकै अर्को फिल्म ‘हवल्दार सुन्तली’ को सुटिङ सकाएकी शिल्पा पोखरेलको साउने ब्रतको यात्रा तेश्रो बर्षमा चल्दैछ । आमाले राम्रो हुन्छ भनेपछि साउनको प्रत्येक सोमबार ब्रत बस्न थालेकी शिल्पा हरियो चुरा र मेहन्दीको सौखिन हुन् । शिल्पा भन्छिन्, ‘मैले मेहन्दी र चुरा लगाइसकें ।’

अभिनेत्री नम्रता श्रेष्ठलाई ब्रतको अनुभव नै छैन । ‘धर्म र परम्परा विरोधी चाहिं होइन है,’ भदौ ६ गते ‘ताण्डव’ र ‘सम्बोधन’ रिलिजको दौडधुपमा रहेकी नम्रताले ब्रत नबस्नुको बाध्यता सुनाइन्, ‘सुटिङको दौडधुप हुन्छ, मन भएर पनि ब्रत लिन पाइँदैन ।’ सुटिङ नपर्दा भने हरियो चुरा र मेहन्दी लगाउने गरेको नम्रताले बताइन् ।

अभिनेत्री झरना थापालाई भने यस बर्षको साउने सोमबारे ब्रतलाई जुठोले छेकेको छ । झरनाले सासु आमाको बरखी बार्दै आएकी छिन् । जुठोमा पूजापाठ गर्न नहुने परम्परा छ । हरियो चुरा र मेहन्दी लगाउन मन पराउने झरनाले बिहे भएदेखि नै साउने ब्रत लिदै आएकी हुन् ।

अर्की विवाहित अभिनेत्री अरुणिमा लम्सालाई भने साउने ब्रतको कुनै अनुभव नै रहेनछ । यो बर्षपनि ब्रत नबस्ने अरुणिमाले बताइन् । अभिनेत्री केकी अधिकारी साउनको सोमबारे ब्रत बस्ने, हरियो चुरा र मेहन्दी लगाउने अनि मासुलाई क्यान्सिल गर्ने सुरमा छिन् । केकी भन्छिन्, ‘ब्रत बसेपछि सबै विधि पुर्याएर बस्नु पर्यो नि !’

शारीरिक तन्दुरुस्तीको लागि पनि ब्रत बस्नु पर्ने केकीको मान्यता छ । भन्छिन्, ‘ब्रतको बाहानामा कम्तीमा बर्षको एक महिना मासु त खाइदैन ।’ स्वास्थ्य तन्दुरुस्तीसँगै साउने ब्रतमा केकीले राम्रो पतिको कामना पनि गरेकी छिन् । बिगत ५ वर्षदेखि केकी साउनको सोमबारे ब्रत बस्दै आएकी छिन्

Most Visited News (monthly)