अभिनेता मुकेश ढकाल सडक दुर्घटनामा परेका छन् । रोल्पाबाट काठमाण्डौ फर्कदै गर्दा नवलपरासीको दाउन्नेमा कार दुर्घटनामा परि मुकेशको टाउकोमा चोट लागेको छ । मुकेशसँगै सवार फिल्म निर्माता सुशिल शाह पनि सामान्य घाईते भएका छन् ।

निर्माता शाहका अनुसार हिजो बिहीबार साँझ ५ बजेतिर विपरित दिशाबाट जादैं गरेको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो । पानी परिरहेको बेला सडक दुर्घटना भएको शाहको भनाई छ ।
दुर्घटनामा घाईते अभिनेता ढकालको दुम्किबासमा सामान्य उपचार गरिएको निर्माता शाहले बताए । अहिले काठमाण्डौ घरमा आराम गरिरहेका ढकालको थप उपचार आज गरिने बताईएको छ ।

'ल्याण्ड कुजर गाडी भएकोले अगाडीको भागले बचायो । अरू सामान्य कार भएको भए हामी बाँच्थेनौं होला,' शाहले फिल्मीखबरसँग कुरा गर्दै भने, 'भाग्यले बाँचेर घर अैइयो ।' रोल्पामा फिल्म सुटिङको लागि लोकेशन हेरेर घर फर्कदै गर्दा दुर्घटना भएको उनको भनाई छ ।

