कलाकार संघले साउन २ गतेदेखि सहकारी खोल्न लाग्ने तयारी गरिरहँदा निर्माता संघका अध्यक्ष राजकुमार राई र कलाकार आकाश खवासले अर्को एक सहकारी खोलेका छन् । काठमाण्डौको ज्ञानेश्वरमा राईसहित अभिनेत्रीद्धय मेलिना मानन्धर, रुपा राना, कलाकार संघका अध्यक्ष नवल खड्का र महासचिव रामकेशर बोगटीले सहकारीको संयुक्त रुपमा उद्घाटन गरे ।
कलाकार खवास अध्यक्ष रहेको सहकारीले फिल्म उपकरण र निर्माणमा पनि लगानी गर्नेछ । ३ करोड पूँजीमा खोलिएको सहकारीमा फिल्मकर्मीलाई विशेष सेवा र सुविधा दिइने बताइयो । सहकारी अध्यक्ष खवासले भने, ‘फिल्म निर्माणलाई स्तरिय बनाउन उपकरण र निर्माणमा पनि लगानी गर्छौं । यसलाई नेपाली फिल्मकै पहिलो सहकारी बैंकको रुपमा लिंदा फरक पर्दैन ।’
बिहीबारदेखि नै सेवा थालेको सहकारीले काठमाण्डौ बाहिर पनि सेवा विस्तार गर्ने भएको छ । कलाकार संघले फिल्म क्षेत्रलाई समेट्ने तयारीका साथ कलाकार संघ बहुउद्देश्यीय संस्था पनि खोल्नेछ ।

