अभिनेता जीवन लुईंटेलसँग मोडल लक्ष्मी बस्नेतले एक डान्स बारमा मस्ति गरेकी छिन् । साउन २३ गतेबाट सार्वजनिक हुन लागेको फिल्म 'शीशा’मा जीवनसँग लक्ष्मीले जवानीको जल्वा प्रस्तुत गरेकी छिन् ।
आरबिके शरदको निर्देशनमा तयार भएको फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेत्री शर्मिला मल्ल भने वाईनको चुस्कीमा जीवन र लक्ष्मीको मस्ति हेरेर दंग परेकी छिन् । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् ।
फिल्ममा जीवन लुईंटेल, उमा बेबी, रागिनी खड्गी, निर्मल सेञ्चुरी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । मधुसुधन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको यो फिल्ममा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।

