Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असारमा सुख्खा भदौमा बाढी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/18

यो शुक्रबार कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । प्रदर्शनमा आउने भनिएको भोजपुरीको नेपाली डविङ ‘ज्वाला’ लफडामै रोकिएको छ । हरेक शुक्रबार नयाँ फिल्म प्रदर्शन हुने प्रक्रिया यो शुक्रबार रोकिएको छ ।

नयाँ फिल्म प्रदर्शनमा नआएपछि हलवालाले फिल्म ‘काली’ र ‘नाइँ नभन्नू ल २’ पुन: प्रदर्शन गरेका छन् । अघिल्लो साता प्रदर्शनमा आएको ‘नागबेली’ फिल्म केही हलमा दोश्रो सातामा प्रदर्शन हुँदैछ । गोविन्द राई निर्देशित ‘नागबेली’ को व्यापार उत्साहको हुन भने सकेन ।

असारे झरी पछि साउनलाई फिल्मको व्यापार राम्रै हुने महिनाको रुपमा लिइएतापनि राम्रो बिग व्यानरका कम्पनीले फिल्म प्रदर्शनमा नल्याएपछि हाल बजारमा व्यापारको सुख्खा लागेको हो । यो असारमा कम फिल्म रिलिज भए जसमा बिग व्यानरका फिल्म आएनन् । साना व्यानरमा फिल्मले व्यापारमा उधुम मच्चाउन सकेनन् ।

 

साउनको दोश्रो सातासम्म बिग ब्यानरको कुनै पनि फिल्म प्रदर्शनमा आउने छैनन् । साउनको तेश्रो साता २३ गते भने दुई वटा फिल्महरु ‘कोहिनूर’ र ‘शीशा’ एकसाथ प्रदर्शनमा आउँदैछन् । भदौमा फिल्महरुको भेल नै बग्दैछ । भदौमा झण्डै एक दर्जन नेपाली फिल्म रिलिज हुनेछन् ।

Most Visited News (monthly)