मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भाँडभैलोपछि धकेलियो निर्देशक समाजको साधारण सभा

फिल्मीखबर, काठमाण्डौ, 2014/07/18

बिरोध, चर्काचर्की र विवादपछि झण्डै हात हालाहालको स्थितिमा पुगेको चलचित्र निर्देशक समाजको साधारण सभा सरेको छ । निर्देशक समाजको १० औं साधारण सभा आउँदो भदौ १० गतेलाई तोकिएको छ । साधारण सभा सार्नुको कारणलाई संस्थापन पक्षले सदस्यहरुको कोरम नपुगेको भन्ने देखाएको छ ।


नविकरण गरिएका पचास प्रतिशत सदस्यहरुको अनुपस्थितिलाई कारण देखाएपनि असन्तुष्ट पक्षको चर्को बिरोधका कारण संस्थापन पक्ष साधारण सभा सार्न बाध्य बन्यो । नविकरण गरिएका ६४ जना सदस्य मध्ये एकाध मात्रै साधारण सभामा उपस्थित थिए ।

अध्यक्ष दिनेश डिसीसँग असन्तुष्टी जनाउँदै राजिनामा दिएका महासचिव ऋषि लामिछानेको टोलीले यसैलाई कारण देखाउँदै कार्यक्रम चल्दै गर्दा मञ्चमा पुगेर बिरोध जनाएका थिए । साधारण सदस्यलाई नविकरणको यथेष्ट समय दिइनु पर्ने असन्तुष्ट पक्षको प्रमुख माग छ ।

साधारण सभा बन्द सत्रमा नजाँदै समाजका पूर्व महासचिव ऋषि लामिछाने र एम.एस. अग्रजले बोलिरहेको माइक खोस्दै आफ्नो असन्तुष्टि राखेको थिए । त्यसपछि माहोल भाँडभैलो तर्फ गएको थियो । झन्डै एक घण्टाको भाँडभैलो र चर्काचर्कीपछि कार्य समितिको बैठक बसेर भदौ १० मा साधारण सभा गर्ने निर्णय गरिएको हो ।

निर्देशक दिनेश डिसीले खोचों थाप्ने प्रवृत्ति कायमै रहे असन्तुष्ट पक्षलाई सन्तुष्ट पार्न नसकिने बताए । सहमतीका लागि हदैसम्मको लचकता अपनाइने उनको अभिव्यक्ति थियो । संस्थापन पक्षको पेलेर जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने पूर्व महासचिव लामिछाने बताए ।