Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

श्याम भट्टराईले किन भने, `आत्महत्या गर्छु`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/18

निर्देशक समाजको बार्षिक साधारण सभामा भाँडभैलो मात्रै भएन । विरोधी र बचाउ पक्षबिचको वादविवादले रमिता पनि भयो । अध्यक्ष दिनेश डिसीले कार्यक्रममा सहभागी हुन आएका केहीलाई तपाईं किन यहाँ ? भन्दा स्थिति झन्दै मुठभेट तर्फ गएन ।

असन्तुष्ट जनाउँदै विवादको बिचतिर कार्यक्रम हलमा गएका निर्देशक समाजका पूर्व सचिव श्याम भट्टराईको व्यक्तिगत कुरा कोटिंदा केही समयका लागि माहोल अर्को विषयतर्फ मोडियो । जब निर्देशक भट्टराईले ‘म फिल्मको सेटबाटै निकालिदा निर्देशक समाजले के गर्यो ?’ भन्ने प्रश्न निर्देशक दिनेश डिसी सामु तेर्साए तब निर्देशक डिसी बसिरहेको कुर्सीबाट जुरुक्क उठ्दै सबैलाई चकित पार्ने खालको जवाफ दिए ।

निर्देशक समाजको पूर्व सचिव पदमा समेत रहेका श्यामलाई दिनेशको जवाफ थियो, ‘जब पीडक पक्ष (रेखा थापा)सँग पीडितले गल्ति गरेको बलियो प्रमाण हुँदाहुँदै मैले के गर्न सक्छु ?’ अध्यक्ष डिसीले थपे, ‘अडिसन लिने भन्दै महिला कलाकारलाई संवेदनशिल अंगमा छोएको भिडियो मसँग छ म अपलोड गरिदिन्छु भनेर पीडकले भनेपछि तपाईंको लागि मैले कुनै पनि कदम नचालेको हुँ ।’

अध्यक्ष डिसीले यसो भन्दा निर्देशक भट्टराईले भने, ‘यदि त्यस्तो भिडियो सुरक्षित भए म यहीं आत्महत्या गरिदिन्छु ।’ यो विषयमा थप बहस भएन । रेखा थापाको फिल्म ‘हिम्मतवाली’को निर्देशनबाट श्याम भट्टराईलाई निकालिएको थियो । पछि उक्त फिल्मको निर्देशन रेखाले नै गरिन् ।

Most Visited News (monthly)