

बर्ष ०७१ को शुरूवातमा प्रदर्शनमा आएका दुई फिल्म 'नोभेम्बर रेन' र 'कबड्डी'ले दर्शकको राम्रो साथ पाए । मल्टिप्लेक्समा 'कबड्डी'ले राज गरेपनि सिङ्गल स्क्रिनमा भने 'नोभेम्बर रेन' सफल बन्यो । यहि सफलताको यात्रामा 'नोभेम्बर रेन'ले गोपिकृष्ण हल र गुण हलमा ५१ औं दिन मनाएको छ ।

‘आठौं अन्तराष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१ (निफ)’मा इथोपियाको बृत्तचित्र ‘फ्रेमिङ द अदर्स’ उत्कृष्ट भएको छ । स्वदेशी र विदेशी ४९ ओटा फिल्म मध्येबाट उत्कृष्ट फिल्मको अवार्ड बुइलेम तिम्मेर्स र इजाकोक निर्देशित ‘फ्रेमिङ द अदर्स’ उत्कृष्ट भएको हो ।

साउन १६ गते रिलिज हुन लागेको फिल्म 'मेरो भ्यालेन्टाइन'ले मित्रता र प्रेममा आउने उतारचढावको कथालाई पेश गरेको छ । यहि माया प्रेममा हुने धोका र त्यसको पीडालाई प्रस्तुत सार्वजनिक गीतमा देखाईएको छ ।

जेठको पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘आवरण’ ले सोचे अनुरुपको व्यापार गर्न सकेन । तर्साउने यो फिल्मले न दर्शकलाई तर्सायो न निर्माता निर्देशकलाई नै खुसी पार्न सक्यो । फिल्ममा अभिनेत्री प्रियंका कार्की शिर्ष भूमिकामा थिइन् । सुवास कोइराला निर्देशित ‘आवारण’ बाट निर्माता अनिल योञ्जनले घाटा खाए ।

लाग्छ, अभिनेत्री करिश्मा मानान्धरको उमेरसँगै सौन्दर्य पनि बढ्दैछ । ४५ बसन्त नजिक भएपनि करिश्माको सुन्दरतामा कुनै कमी आएको छैन । करिश्मा र सुन्दरता एक अर्काका परिपुरक नै हुन भन्दा फरक नपर्ला ।

