Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रतिस्पर्धामा `कोहिनूर` र `शीशा`

फिल्मीखबर, काठमाडौं, 2014/08/08

यो शुक्रबार  दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका ‘कोहिनूर’ र ‘शीशा’ बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आकाश अधिकारीको निर्देशन रहेको फिल्म ‘कोहिनूर’ श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको ‘कहाँ भेटिएला’ क्रेजसँग जोडिन आउँछ । के ‘कोहिनूर’ ले श्री र श्वेताको कहाँ ‘भेटिएला’ क्रेजलाई दोहोर्याउला ?

 

यो फिल्मले शुक्रबारका दिन औसतभन्दा माथि दर्शक पाएको रिपोर्ट छ ।  तर शनिबार हलमा दर्शकको चाप बढ्ने अपेक्षा छ । त्यस्तै गत वर्ष प्रदर्शन भएका फिल्मको व्यापारबाट सन्तुष्ट नभएका अभिनेता जिवन लुइँटेलको लागि यो वर्ष महत्वपूर्ण हुनेछ । यो वर्ष जिवन अभिनित कम्तीमा पाँच वटा फिल्महरु प्रदर्शनमा आउँदैछन् । वर्षको सुरुवात ‘शीशा’ फिल्मबाट भएको छ । आरवीके शरद निर्देशित फिल्ममा जिवनको मुख्य भूमिका छ ।

 

प्रदर्शनमा आएका फिल्मबाट जिवनले प्रतिक्रिया कस्तो पाउलान् ? पर्ख र हेरको स्थिति छ । फिल्म ‘शीशा’ मा जिवनसँगै उमा बेबी, निर्मल सेन्चुरी र रागिनी खड्गीको मुख्य भूमिका छ । यद्यपि ‘शीशा’ को सुरुवाती व्यापार सुखद देखिएको छैन । ‘कोहिनूर’ ले मध्यम माथिको व्यापार गरेको वितरक तथा निर्माण पक्षको रिपोर्ट छ । शनिबारसँगै यो पटक आइतबार र सोमबार पनि विदा परेकाले दुवै फिल्मलाई फाइदा पुग्ने निश्चित छ ।

Most Visited News (monthly)