सुनकोशी प्रभावितको राहतका लागि सरकार तथा विभिन्न संघ संस्था सहयोगका लागि लागिपरेका छन् । यसमा संगीतकार संघ पनि थपिने आइपुगेको छ । संघले संगीतकार चेतन सापकोटाको संयोजकत्वमा एक कमिटी गठन गरी सुनकोशी प्रभावितलाई सहयोगको आव्हान गर्ने निर्णय गरेको हो ।
सहयोगको लागि संगीतकार संघले चन्दा संकलन तथा सांगीतिक साँझ आयोजना गर्ने संयोजक सापकोटाले बताएका छन् । उनले भने, ‘संकलन भएको रकमले प्रभावितलाई घर बनाइदिने योजना छ ।’ आउँदो आइतबार, सोमबार र मंगलबार संघ सुनकोशी प्रभावितको लागि चन्दा संकलनमा निस्कने छ । साँगीतिक साँझको भने मिति तय भईनसकेको चेतनले बताए ।
उनले सबै फिल्मकर्मीलाई सहयोग गर्न आव्हान समेत गरे । सुनकोशी प्रभावितको लागि केही दिन अगाडी मात्रै कलाकारले सहयोग गर्न आव्हान गरेका थिए । गएको पहिरो तथा थुनिएको सुनकोशीले राम्चे ५ जुरेका झन्डै २ सय बढी मानिसलाई बेपत्ता बनाएको छ भने सयौं मानिस विस्तापित भएका छन् । गोठ घर डुबान र बगानमा परेका छन् ।

