कारगिल युद्धमा ज्यान गुमाएका सैनिकको विषयमा निर्मित फिल्म 'निशानी'को रोधी गीत रिलिज गरिएको छ । बिबि अनुरागीको संगीत रहेको प्रस्तुत गीतमा शर्मिला गुरूङ, अर्जुन सुनाम र बिबि अनुरागीको स्वर रहेको छ । प्रस्तुत गीतलाई सुमन श्रापितले लेखेका हुन् ।
विनोद सेरेङको लेखन एवं निर्देशन रहेको ‘निशानी’मा प्रशान्त तामाङ, अनु गुरुङ, सिरु बिष्ट, विष्णु चेम्जोङ, प्रेम सुब्बा, कोपिला थापा, जयनन्द लामा लगायतको अभिनय छ । ‘निशानी’ मा प्रेम सुब्बाको लगानी छ । ‘निशानी’ आउँदो भदौ २७ गते अल नेपाल प्रदर्शनमा आउने छ ।

