बरिष्ठ फिल्मकर्मी नीर शाहलाई नेपाल सरकारले नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरेको छ । सरकारी मिडियाको ब्यवस्थापन नयाँ ढंगले गर्ने उद्धेश्य सहित शाहलाई नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरिएको बताईएको छ ।
बिहिबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले सम्मानार्थ शाहलाई नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपालमा पहिलो टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने मुख्य जश पाउने शाहले २०४२ पश्चात झण्डै दश बर्ष सरकारी टेलिभिजनको नेतृत्व गरेका थिए ।
हार्ट अट्याक पश्चात हाल स्वास्थ्य लाभ गरिरहेका शाहले सम्भवत भोली शुक्रबार देखिनै आफूले सरकारी काम सुरु गर्ने बताएका छन् । उनले सरकारको यो निर्णयबाट आफू अत्यन्त खुशी भएको बताउदै आफ्नो तर्फबाट सरकारी मिडियामा नयाँ पन ल्याउने कार्यमा कुनै ढिलाई नहुने बताए ।

