मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.00/5.00)
Text size:-
+
-

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

फिल्मीखबर, काठमाण्डौ, 2014/08/10

विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीको गए राती निधन भएको हो । उनी उपचारका लागि दिल्ली स्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए ।

 

 

'कहाँ भेटिएला'बाट डेब्यू गरेकी अभिनेत्री स्वेता खड्कासँग गत असार २३ गते बिहे गरेका श्री बिबाह पूर्व नै बिरामी थिए । लामो समयदेखी सुख्खा खोकीबाट ग्रसित श्रीलाई भेट्न उनका परिवारका सदस्यहरुसहित निर्देशक आकाश अधिकारी दिल्ली जाने तयारीमा छन् । ५० बर्ष पनि ननाघेका श्री केही बर्ष अगाडी ठूलो रोगबाट ग्रसित थिए । 

 

२०४५ सालमा 'भूमरी' फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्री हिरो भएर अभिनय गरेको पहिलो फिल्म 'नाता' हो । अभिनयका माध्यमले फिल्म क्षेत्रलाई दर्जनौं हिट फिल्म दिएका श्रीले 'कहाँ भेटिएला' फिल्म निर्माण गरेका थिए जुन ब्ल्कबस्टर नै भएको थियो । यस्तै उनले पछिल्लो पटक निर्माण गरेको फिल्म 'कोहिनूर' गत शुक्रबारबाट प्रदर्शनरत छ ।

 

श्रीले आफ्नो फिल्म 'कोहिनूर' प्रदर्शन हुनु केही दिन अघि मात्र दिल्लीबाट नै आफ्ना दर्शकहरू तथा शुभचिन्तकहरूलाई कारूणिक सन्देस पठाउंदै हल सम्म गएर फिल्म हेरिदिनका लागी अनुरोध गरेका थिए ।  

 

आफ्नो मान्छे, आफन्त, जाली रूमाल, उपकार, ए मेरो हजुर, सुख दु:ख, हामी तीन भाइ जस्ता सफल फिल्मका अभिनेता श्रीको असामयिक निधनले सम्पूर्ण फिल्म क्षेत्र स्तब्ध भएको छ । यस दु:खद घडीमा श्रीको चीर आत्मा शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी फिल्मीखबर परिवार भावपूर्ण समवेदना व्यक्त गर्दछ ।