Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाउसफुलका साथ सिड्नीमा `सेफ ल्याण्डिङ`को भव्य प्रिमियर (फोटो फिचरसहित)

फिल्मीखबर, सिड्नी, 2014/08/10

अष्ट्रेलियाको सिड्नी स्थित हर्सभिल सिभिक थिएटरमा अगस्ट ९ तारिखका दिन साँझ फिल्म 'सेफ ल्याण्डिङ'को एक भव्य समारोहका विच प्रिमियर गरिएको छ । अभिनेत्री झरना बज्राचार्यसहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवालको उपस्थितिमा फिल्मको प्रिमियर गरिएको हो । 

 

 

दर्शकको उल्लेख्य सहभागीता रहेको प्रिमियर समारोह बिगतको भन्दा राम्रो भएको उपस्थित दर्शकहरूले बताए । अभिनेत्री झरना बज्राचार्यसहित टिमलाई आयोजकले निकै महंगो मानिने हमर लिमुजिन कारमा सिड्नी शहर परिक्रमा गराई प्रिमियरमा उपस्थित गराएपछी पनि 'सेफ ल्याण्डिङ'को प्रिमियर भव्य देखिएको हो । 

 

 

 

प्रिमियर भन्ने बित्तिकै सामान्यतया फिल्म मात्र देखाईन्छ । तर, फिल्म निर्माण कम्पनी नो वोरिजले भने फिल्म देखाउनु पूर्व दर्शकलाई साँगीतिक माहोलमा झुमाएको थियो । अष्ट्रेलियामा नै बस्दै आएको डिजे रेनसहितको 'सिड.ब्लू.आई.' नामक र्‍यापर टिमले प्रिमियरलाई संगीतमय बनाएको थियो । अभिनेत्री बज्राचार्यको साथमा बसेर साँगीतिक माहोलमा फिल्म हेरेका दर्शक हलबाट निस्कदा निकै खुसी देखिए ।

 

 

 

फिल्म हेर्न आएका दर्शकले `सेफ ल्याण्डिङ` बनिरहेका फिल्म भन्दा फरक स्वादको रहेको प्रतिकृया दिए । अधिकांशले फिल्मको प्रस्तुती, कलाकारको अभिनयलाई रूचाएको पाइयो । अभिनेत्री बज्राचार्यले पनि अष्ट्रेलियामा दर्शकसँग बसेर फिल्म हेर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, 'दर्शकसँग बसेर फिल्म हेर्न पाउँदा जती खुसी थिएँ त्योभन्दा बढी खुसी उहाँहरूले दिएको प्रतिकृयाले भएँ । सबैले मेरो अभिनय मात्र हैन फिल्मलाई नै मन पराईदिनु भयो । 

 

 

फिल्मका निर्माता बसन्त भण्डारीले कलाकारलाई स्वागत गरेर फिल्म देखाउन पाउँदा जती खुसी व्यक्त गरे त्यतिनै खुसी दर्शकको उपस्थिती देखेर भए । हललाई हाउसफूल बनाएका दर्शकलाई साथ दिएकोमा धन्यवाद दिंदै प्रिमियरलाई सफल पार्न सहयोग पुर्याउने सहयोगी हातहरूप्रती कृतज्ञता व्यक्त गरे । यस्तै निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालले मेहनतको फल सबैसँग बाँड्न पाएकोमा खुसी व्यक्त गरे ।

 

फिल्मलाई प्रिमियर भएको स्थान सिभिक थिएटरमा आज र भोली साँझ ६ बजे पनि देखाईने छ । यसैगरि अष्ट्रेलिया प्रिमियर भएको एक सातापछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि 'सेफ ल्याण्डिङ' प्रिमियर हुनेछ ।  नेपालमा भने यो फिल्म मंसिर १९ गते रिलिज हुनेछ । 

तस्विरहरू : नेपालीटच डट कम 

भिडियो : डिजिटल टच क्रियशन 
Most Visited News (monthly)