मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

श्रीकृष्णलाई फर्केर हेर्दा

फिल्मीखबर, काठमाण्डौ, 2014/08/10
अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म हेर्दा दर्शक हलबाट रूँदै बाहिरिन्थें । पर्दामा दर्शकलाई रूवाउन सिपालु श्रीले आज भने पर्दा बाहिर नै रूवाए । आज उनको दुःखद निधनले दर्शक, शुभचिन्तक एवं सिङ्गो फिल्म क्षेत्र रोएको छ ।
 
‘श्रीकृष्ण श्रेष्ठको निधन भयो’ भन्ने खबर एकाबिहानै सुन्दा धेरैलाई अविश्वश्नीय लाग्यो । तर, श्रीकृष्ण निर्मित प्रदर्शनरत फिल्म ‘कोहिनूर’ का निर्देशक आकाश अधिकारीले निधनको खबर पुष्टि गरेपछि विश्वास गर्न कर लाग्यो । निर्देशक आकाश अधिकारीका अनुसार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारारत श्रीकृष्णको गएराती साउन २४ गते शनिबार  निधन भएको हो । 
 
४४ बर्षिय स्व.श्रीकृष्ण श्रेष्ठले दुई दशक बढी नेपाली फिल्म क्षेत्रमा सक्रिय रुपमा अभिनय गरे । यो अवधीमा उनले दर्जन बढी हिट तथा सुपरहिट फिल्म दिएका छन् । नृत्यकार हुँदै फिल्म ‘भूमरी’ बाट अभिनय यात्रा सुरु गरेका श्रीकृष्णले फिल्म ‘नाता’ बाट आफुलाई अभिनेतको रुपमा स्थापित गरेका थिए । छवि ओझा निर्मित ‘नाता’ फिल्मलाई विश्व बस्नेतले निर्देशन गरेका थिए । यसअघि उनले अभिनेता सरोज खनालसँग ‘मायाको बन्धन’ नामक भिडियो फिल्ममा अभिनय गरेका थिए ।
 
श्रीकृष्ण अभिनित ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘पाहुना’, सुख दुःख, ‘ए मेरो हजुर’, ‘हामी तीन भाई’, कहाँ ‘भेटिएला’ जस्ता फिल्महरु दर्शकको अत्याधिक रोजाइमा पर्छन् । यी मध्ये अधिकांश  फिल्ममा श्रीकृष्णले दर्शक रुवाउने गरी फिल्ममा अभिनय गरेका थिए । झन्डै १५ वर्ष जसो नेपाल प्रज्ञा प्रतिष्ठानमा सरकारी जागिरे रहेका श्रीकृष्णले फिल्म पनि निर्माण गरेका थिए । नेपा: मुभिज स्थापना गरेर श्रीकृष्णले निर्माण गरेका पहिलो फिल्म ‘कहाँ भेटिएला’ ले अत्याधिक दर्शकको साथ पाएको थियो । जुन फिल्मलाई स्व. शिव रेग्मीले निर्देशन गरेका थिए ।
 
त्यस्तै श्रीकृष्णले निर्माण गरेको दोश्रो फिल्म ‘कोहिनूर’ देशका पर्दामा प्रदर्शनरत छ । फिल्म ‘कोहिनूर’ मा  आकाश अधिकारीको लेखन एवं निर्देशन रहेको छ । फिल्म ‘कहाँ भेटिएला’ र फिल्म ‘कोहिनूर’ मा जोडी बनाएका अभिनेती श्वेता खड्कासँग ०७१ असार २३ गते श्रीकृष्णको बिहे सम्पन्न भएको थियो । 
 
दिल्ली अस्पतालमा श्रीकृष्णको साथमा पत्नी श्वेता खड्का छिन् । असार २३ गते बिहे गरेका श्रीकृष्ण र श्वेता हनिमुन मनाउँन भन्दै भारततर्फ निस्किएका थिए । सुख्खा खोकीले समातेको भन्दै श्रीकृष्णलाई सुरुमा दिल्लीको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । केही साता अगाडी मात्रै श्रीकृष्णलाई ‘डिप निमोनिया’ भएको खबर पारिवारिक श्रोतले बाहिर ल्याएको थियो । उनका दाजु थप स्वास्थ्य अवस्था बुझ्न केही दिन अगाडी दिल्ली गएका थिए । फिल्म ‘आफ्नो मान्छे’ रिलिजताका श्रीकृष्णको अवस्था चिन्ताजनक हुन पुगेको थियो । त्यसपछि श्रीकृष्णले झन्डै दुई वर्ष आराम गरेका थिए ।
 
श्रीकृष्ण र श्वेताले केही वर्षदेखि सहकार्यमा राजधानीमा हेल्थ सेन्टर तथा होटल समेत सञ्चालनमा ल्याएका थिए । बिहे भएको केही दिनमै हनिमुन मनाउन भनी श्वेतासँग भारततर्फ निस्किएका श्रीकृष्णको निधनको खबरले सिङ्गो चलचित्र क्षेत्र स्तब्ध भएको छ । कामप्रति  प्रतिवद्ध र इमान्दार स्वाभावका निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठले नेपाली फिल्म क्षेत्रलाई दिएको योगदानको कदर गर्दै स्व.श्रीकृष्णप्रति  हार्दिक समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारणको कामना गर्दछौं ।