Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोमबार १ बजे मात्र आउने छ श्रीकृष्णको शव

फिल्मीखबर, काठमाडौं, 2014/08/10

अभिनेता एवं निर्माता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर भोली साउन २७ गते १ बजे नेपाल आइपुग्ने भएको छ । श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई एअर इण्डियाको नियमित उडानबाट नेपाल ल्याउन लागिएको चलचित्र बिकास बोर्डले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

 

एअरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखेर बेलुकी ६ बजे दाह संस्कारका लागि आर्यघाट लगिने पनि स्रोतले जानकारी गराएको छ । यही सम्बन्धमा चलचित्र बिकास बोर्डले एक विज्ञप्ती जारी गर्दै श्रीकृष्ण श्रेष्ठलाई त्रिभुवन विमानस्थलदेखि आर्यघाट पुर्याउँदा लाग्ने सबै खर्च बेहोर्न निर्णय गरेको खबर सार्वजनिक गरेको छ ।

 

धर्मेन्द्र मरवैता हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- 'नेपाली रजतपटका लोकप्रिय अभिनेता जीवन्त कलाकार श्रीकृष्ण श्रेष्ठको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा गएराती भएको निधनले हामी सम्पूर्ण चलचित्र प्रेमी, नेपाली दर्शक एवं सम्पूर्ण नेपाली जनमा गहिरो शोक परेको छ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं । यसै क्रममा अभिनेता स्व.श्रीकृष्ण श्रेष्ठलाई नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय मातहतको चलचित्र विकास वोर्डले कलाकार श्रेष्ठप्रति सम्पूर्ण रुपले सम्मान प्रकट गर्दै अन्त्यष्टिको सम्पूर्ण खर्च बेहोर्ने निर्णय पनि गरेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर दिल्लीबाट अपरान्ह् १ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याइपुर्याइने कार्यक्रम रहेको सम्पूर्ण सञ्चारकर्मी शूभ चिन्तक एवं प्रशंसकहरुमा जानकारी गराउँदछौं ।

 

साथै उहाँको पार्थिव शरीरलाई नेपाल ल्याइसकेपछि त्रिभुवन विमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माईतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई (२) घण्टा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ५ : ३० बजे उहाँको पार्थिव शरीरलाई कमलादी प्रज्ञा प्रतिष्ठानबाट कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशला हुँदै पशुपती आर्यघाटमा अन्तिम संस्कारका लागि लगिनेछ । यस दुःखद घडीमा सम्पूर्ण सञ्चार जगत चलचित्रकर्मी दर्शक तथा प्रशंसकहरुलाई दिवंगत श्रीकृष्ण श्रेष्ठलाई श्रद्धा सुमन प्रकट गर्न एवं शव यात्रामा सहभागी भइदिनु हुन सविनय अनुरोध गर्दछौं ।’
 

Most Visited News (monthly)