Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`कोहिनूर` हेर्न आएका दर्शक भावुक

अर्पण ढकाल, धरान, 2014/08/11
नेपाली फिल्म उद्योगका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भयो । सम्पूर्ण फिल्म क्षेत्रनै शोकमा डुबिरहेको बेला उनले निर्माण एवं अभिनय गरेको फिल्म 'कोहिनूर' देशभरका हलमा गत शुक्रबारबाट प्रदर्शन भैरहेको छ । प्रदर्शनको पहिलो दिनबाटै देशभरको हलमा फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।
 
 
आइतबार बिहानैबाट श्रीकृष्णको निधन भएको खबर सार्वजनिक भए पछि फिल्म हेर्न धरानको गणेश टाकिजमा आएका दर्शकहरु समेत भावुक देखिए । धेरैले उनको निधनको खबर सुन्दा स्तब्ध भएको र अझै पनि विश्वास गर्न गार्हो भएको प्रतिर्किया दिए । श्रीकृष्णले अभिनय गरेका धेरै फिल्महरुले मन छोएको बताउदै दर्शकहरु फिल्ममा उनको प्रत्येक दृश्य आउँदा भावुक बनेको देखियो । फिल्म सबै कोणबाट उत्कृष्ट बनेको बताउँदै एक होनहार इमान्दार अभिनेतालाई गुमाउनु पर्दा दु:ख लागेको अधिकांश दर्शकले बताए ।
 
पूर्वका हलहरुमा यातायात संघले आयोजना गरेको बन्दको बावजुद पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । बिशेषत धरानमा फिल्मले शुक्रबार र शनिबार राम्रो कलेक्सन गर्न सफल भएको छ । फिल्मले पहिलो दिन पचास प्रतिशत अकुपेन्सि कायम गरेको थियो भने शनिबार र आइतबार धरानमा प्रत्येक शो हाउसफुल भएको थियो । फिल्मको माउथ पब्लिसिटीले दर्शक हलमा तानिरहेको बेला उनको निधनको खबर सुनेर उनको अन्तिम फिल्म हेर्न समेत हलमा आएका थिए । 
 
उता दमक, बिर्तामोड लगायत फिल्म प्रदर्शन भैरहेको अन्य स्टेसनमा बन्दको धेरै प्रभाव परे पनि व्यापार सन्तोषजनक रहेको वितरक चैतन्य बरालले जानकारी गराए । सोमबारबाट बन्द खुल्ने भएकोले फिल्म हेर्न आउने दर्शक बढ्ने विश्वास उनले गरेका छन् । श्रीकृष्ण हामी माझ नरहे पनि एक उत्कृष्ट फिल्म दर्शकलाई छोडेर बिदा भएका छन् । 

 

Most Visited News (monthly)