मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अर्काको फिल्मको आयु तोक्न छोड्ने कि ?

फिल्मीखबर, काठमाण्डौ, 2014/08/29
आफ्नो फिल्मको आयू अर्काले पनि तोकिदिन्छ भन्ने वुझ्न अझै पनि फिल्म बनाउनेहरुलाई केही समय लाग्ला । तर, अर्काको फिल्म एक साता पनि जाँदैन भन्दै आयु तोकिदिने निर्माताहरु अब भने केही सर्तक होलान् ? फिल्म ‘कोहिनुर’को व्यापारले यस्तै देखाएको छ ।
 
साउन २३ गतेबाट प्रदर्शनमा आएको ‘कोहिनुर’ले बक्स अफिसमा अझै पनि उत्साहजनक व्यापार गर्दा भदौमा लाग्ने भनि तयार भएका कयौं फिल्म अप्ठ्यारोमा परे त कैयौ पर्दैछन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपश्चात उर्लिएको जनसागर अझै थामिएको छैन । जसले गर्दा भदौमा प्रत्येक हप्ता ३ वटाका दरले चल्न लागेका फिल्महरू ‘ऐया’ भनिरहेका छन् ।
 
‘कोहिनुर’ व्यापारको असर ‘ताण्डव’ र ‘ठूली’लाई सर्वाधिक पर्यो । चर्को प्रचारले पनि हल नपाउँदा ‘ताण्डव’लाई घाटा लाग्यो नै गीत हिट भएर चल्ला भन्ने आश गरिएको ‘ठूली’ ओझेलमा पर्यो । ‘सम्बोधन’ले मिति सारेर राम्रै काम गरेको विश्लेषण भैरहेको छ ।
 
आज भदौ १३ गतेबाट प्रदर्शनमा आएका ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ले पनि गतिलो हल पाएनन् । ‘उत्सव’ले हल नपाएपछि भदौ २० लाई मोफसल प्रदर्शन गर्ने योजना बनाएको छ भने ‘यो कथा हो तिम्रो मेरो’ बचेका हलमा लागिरहेको छ । 
 
 
‘कोहिनुर’कै व्यापारको असर ‘स्टूपिड मन’ र ‘विर्खेलाई चिन्छस्’लाई पनि पर्ने विश्लेषण गर्न थालिएको छ । काठमाण्डौ बाहिर यी दुई फिल्मले ‘उत्सव’सँग हल बाँड्नुपर्ने छ । ‘स्टूपिड मन’ सार्ने अन्तिम तयारी भएर पनि नसारिएको फिल्म हो । निर्माताको यो निर्णय आत्माघाती हुन्छ या हुँदैन भदौ २० गतेपछि थाहा हुनेछ ।
 
यता भदौ २७ मा लाग्ने भनिएको ‘पुन्टे परेड’लाई समेत ‘कोहिनुर’को व्यापारले असर गर्यो । ‘कोहिनुर’ हेर्न आउने दर्शकको भेल देखेर 'पुन्टे परेड’ प्रदर्शन मिति असोज ३ लाई तोकिएको छ । 
 
एक हप्तामै अर्काको फिल्म हलबाट उत्रिन्छ भन्ने विश्लेषण गर्दै निर्माताले प्रदर्शन मिति तय गर्दा आज राम्रा भनिएका फिल्म चल्न सकेनन् । भदौमा परेको तीज खाने दाउमा लगातार हप्तामा ३ वटासम्म फिल्म आउँदा निर्माताहरु मर्कामा परे । अरूको फिल्मले प्रभावकलाई वुझ्दै नवुझी एकले अर्कालाई मार्ने निर्माताहरुको सोच अब हट्छ कि !